प्रीमियर लीगः लिवरपूलले बोर्नमाउथलाई 4-2 ले पराजित गऱ्यो
लिवर


लिवरपूल, 16 अगस्त (हि.स.)। प्रीमियर लीग च्याम्पियन लिवरपूलले आफ्नो खिताब बचाउ अभियानको शानदार शुरूआत गऱ्यो। शुक्रवार एनफील्डमा खेलिएको सीजनको पहिलो म्याचमा लिवरपूलले रोमांचक अन्दाजमा बोर्नमाउथलाई 4-2 ले पराजित गऱ्यो।

यो म्याच भावनात्मक रह्यो किनभने जुलाईमा टीमका फरवर्ड डियोगो जोटाको निधनपछि एनफील्डमा यो पहिलो म्याच थियो। नयाँ खेलाड़ी ह्यूगो एकिटिकेले 37औं मिनटमा डेब्यू गोल गरी लिवरपूललाई बढ़त दिलाए भने 49औं मिनटमा कोडी गक्पोले स्कोरलाई 2-0 गरिदिए।

बोर्नमाउथले यसपछि शानदार खेल देखायो। एन्टोनी सेमेनोंयो जसलाई पहिलो हाफमा नस्लीय टिप्पणीक सामना गर्नुपऱ्यो, जसले गर्दा खेल केही बेरको निम्ति रोकियो, उनले 64औं मिनट र फेरि 76औं मिनटमा गोल दागेर स्कोरलाई 2-2 ले बराबरी गरे।

यद्यपि, म्याचको अन्तिम क्षणमा लिवरपूल खेलमा फर्क्यो। सब्स्टीट्यूट फेडरिको किएसाले 88औं मिनटमा गोल दागेर टीमलाई फेरि बढ़त दिलाए। यसपछि इन्जरी टाइममा मोहम्मद सालाहले गोल गरेर जित सुनिशअचित गरे औं तीन अंक लिवरपूलको झोलामा गयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande