- संघको कार्य शुद्ध सात्त्विक प्रेम र समाजनिष्ठामा आधारित छ: सरसंघचालक - तीन दिवसीय व्याख्यानमाला '100 वर्षको संघ यात्रा- नयॉं क्षितिज' को दोस्रो दिन
नयॉं दिल्ली, 27 अगस्त (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहन भागवतले भने, समाज र जीवनमा सन्तुलन नै धमै हो, जसले कुनै पनि अतिवादबाट जोगाउॅंछ। भारतको परम्पराले यसलाई मध्यम मार्ग भन्छ र यो नै आजको संसारको सबैभन्दा ठूलो आवश्यकता हो। उनले भने, संसार समक्ष उदाहरण बन्नका लागि समाज परिवर्तनको शुरुवात घरदेखि गर्नुपर्नेछ। यसको लागि संघले पञ्च परिवर्तन बताएका छन्, कुटुम्ब प्रबोधन, सामाजिक समरसता, पर्यावरण संरक्षण, स्व-बोध (स्वदेशी) र नागरिक कर्तव्यहरूको पालन। आत्मनिर्भर भारतको लागि स्वदेशीलाई प्राथमिकता दिनुपर्छ तथा भारतको अन्तरराष्ट्रिय व्यापार स्वेच्छाले मात्र हुनुपर्छ, कसैको दबाउमा होइन्।
सरसंघचालक डा. मोहन भागवत संघ शताब्दी वर्षको उपलक्ष्यमा विज्ञान भवनमा आयोजित तीन दिवसीय व्याख्यानमाला '100 वर्षको संघ यात्रा- नयॉं क्षितिज' को दोस्रो दिन सम्बोधन गरिरहेका थिए। यस अवधि सरकार्यवाह दत्तात्रेय होसबाले, उत्तर क्षेत्रका प्रान्त संघचालक पवन जिन्दल र दिल्ली प्रान्त संघचालक डा. अनिल अग्रवाल मञ्चमा उपस्थित थिए।
संघ कार्य कसरी चल्छमोहन भागवतले भने, संघको कार्य शुद्ध सात्त्विक प्रेम र समाजनिष्ठामा आधारित छ। 'संघका स्वयंसेवकले कुनै व्यक्तिगत लाभको अपेक्षा राख्दैन। यहॉं इन्सेन्टिव छैन, तर डिसइन्सेन्टिव अधिक छन्। स्वयंसेवकहरूले समाज-कार्यमा आनन्दको अनुभव गर्दै कार्य गर्छन्।'
उनले स्पष्ट गर्दै भने, 'जीवनको सार्थकता र मुक्तिको अनुभूति यसै सेवाबाट हुन्छ। सज्जनहरूसॅंग मित्रता गर्नु, दुष्टहरूको उपेक्षा गर्नु, कसैले राम्रो गर्छन् भने आनन्द प्रकट गर्नु, दुर्जनहरूमाथि पनि करुणा गर्नु- यो नै संघको जीवन मूल्य हो।
हिन्दुत्व के होहिन्दुत्वको मूल भावनामा भने, हिन्दुत्व सत्य, प्रेम र आफ्नोपन हो। हाम्रा ऋषि-मुनीहरूले हामीलाई जीवन आफ्नो लागि होइन भन्ने सिकाएका छन्। यसै कारण भारतले संसारमा ठूलो दाजु सरह बाटो देखाउने भूमिका निर्वाह गर्नु पर्नेछ। यसले नै विश्व कल्याणको विचार जन्म लिन्छ।
संसार कुन दिशामा जाँदैछसरसंघचालकले चिन्ता व्यक्ति गर्दै संसार कट्टरता, कलह र अशान्तिको दिशामा गइरहेको बताए। उनले भने, विगत तीन सय वर्षमा उपभोगवादी र जडवादी दृष्टिका कारण मानव जीवनको भद्रता क्षीण भएको छ। उनले गॉंधी जीले बताएका सात सामाजिक पापहरू, काम बिना परिश्रम, आनन्द बिना विवेक, ज्ञान बिना चरित्र, व्यापार बिना नैतिकता, विज्ञान बिना मानवता, धर्म बिना बलिदान र राजनीति बना सिद्धान्तको उल्लेख गर्दै भने, यसले समाजमा असन्तुलन गहिरिॅंदै गएको छ।
धर्मको मार्ग अपनाउनु पर्छसरसंघचालकले भने, आज संसारमा समन्वयको अभाव छ र संसारले आफ्नो दृष्टिकोण परिवर्तन गर्नुपर्छ। संसारले धर्मको मार्ग अपनाउनु पर्छ। धर्म पूजापाठ र कर्मकाण्डभन्दा पर छ। धर्म सबै प्रकारका रिलिजनभन्दा माथि छ। धर्मले हामीलाई सन्तुलन सिकाउॅंछ- हामी पनि बाच्नुपर्छ, समाज पनि बाच्नुपर्छ र प्रकृति पनि बाच्नुपर्छ। धर्म नै मध्यम मार्ग हो, जसले अतिवादबाट जोगाउॅंछ। धर्मको अर्थ मर्यादा र सन्तुलनसॅंग बाच्नु हो। यस दृष्टिकोणद्वारा नै विश्व शान्ति स्थापित हुन सक्छ।
धर्मलाई परिभाषित गर्दै उनले भने, 'धर्म त्यो हो जसले हामीलाई सन्तुलित जीवनतिर लैजान्छ, जहॉं विविधतालाई स्वीकार गरिन्छ र सबैको अस्तित्वलाई सम्मान दिइन्छ। यो नै विश्व धर्म हो र हिन्दू समाज संगठित भएर यसलाई विश्व समक्ष प्रस्तुत गर्नुपर्नेछ।
विश्वको वर्तमान स्थिति र उपायवैश्विक सन्दर्भमा उनले भने, शान्ति, पर्यावरण र आर्थिक असमानतामाथि चर्चा त भइरहेको छ, उपाय पनि बताइॅंदैछ, तर समाधान टाडा देखिॅंदैछ। यसको लागि प्रमाणिकताले सोच्नुपर्छ र जीवनमा त्याग र बलिदान ल्याउनुपर्छ। सन्तुलित बुद्धि र धर्म दृष्टिको विकास गर्नुपर्नेछ।
भारतले नोक्सानमा पनि संयम कायम राख्योभारतको आचरणको चर्चा गर्दै सरसंघचालकले भने, 'हामीलै सदैव आफ्नो नोक्सानलाई अदेखा गर्दै संयम कायम राखेका छौं। जुन व्यक्तिहरूले हामीलाई नोक्सान पुऱ्याए, उनीहरूलाई पनि संकटमा मद्दत गऱ्यौं। व्यक्ति र राष्ट्रको अहंकारले शत्रुताको जन्म हुन्छ, तर हिन्दुस्तान अहंकारभन्दा पर छ। उनले भने, भारतीय समाजले आफ्नो आचरणले संसारमा उदाहरण प्रस्तुत गर्नुपर्नेछ। उनले भने, आज समाजमा संघमाथि विश्वास छ। संघले जे भन्दा, त्यसलाई समाजले सुन्छ। यो विश्वास सेवा र समाजनिष्ठाबाट अर्जित भएको हो।
भविष्यको दिशाभविष्यको दिशालाई लिएऱ सरसंघचालकले भने, संघको उद्देश्य हो कि सबै स्थानहरू, वर्गहरू र स्तरहरूमा संघको कार्य पुगोस्। साथै समाजमा असल काम गर्ने सज्जन शक्ति आपस्तमा जोड़ियोस्। यसबाट समाजले आफै नै संघले जस्तै चरित्र निर्माण र देशभक्तिको कार्य गर्नेछ। यसको निम्ति हामीलाई समाजको कुना-कुनासम्म पुग्नुपर्नेछ। भौगोलिक दृष्टिले पनि सबै स्थानहरू र समाजका सबै वर्गहरू एवं स्तरहरूमा संघको शाखा पुग्नुपर्नेछ। सज्जन शक्तिसित हामीले सम्पर्क गर्नेछौं र उनीहरूको आपस्तमा पनि सम्पर्क गराउनेछौं।
उनले भने, संघको भनाई छ, हामीले समाजमा सद्भावना ल्याउनुपर्नेछ र समाजको ओपिनियन मेकर्ससित निरन्तर भेट गर्नुपर्नेछ। यसको माध्यमले एक सोच विकसित गर्नुपर्नेछ। उनीहरूले आफ्नो समाजको निम्ति काम गरुन्, हिन्दू समाजमा आफू अंग रहेको अनुभव जागोस् र उनीहरूले भौगोलिक परिस्थितिहरूसित सम्बन्धित चुनौतीहरूको आफै समाधान खोजुन्। दुर्बल वर्गहरूका लागि काम गरून्। यस्तो गरेर संघले समाजको स्वभावमा परिवर्तन ल्याउन चाहन्छ।
मोहन भागवतले भने, बाहिरबाट आक्रामकताका कारण धार्मिक विचार भारतमा आयो, कुनै कारणवश त्यसलाई केही मानिसहरूले स्वीकार गरे। तिनीहरू यहीकै हुन् तर विदेशी विचारधारा आएको कारण जुन फाटो तयार भयो, त्यसलाई मेटाउने आवश्यकता छ। हामीले अर्काको पीड़ा बुझ्नुपर्नेछ। एक देश, एक समाज र एक राष्ट्रको अंग भएको नाताले विविधताहरू भएपनि समान पूर्खाहरू र साझा सांस्कृतिक विरासतको साथ अगाड़ी बढ्नुपर्नेछ। सकारात्मकता र सद्भावको निम्ति यो आवश्यक छ। यसमा पनि हामीले सोच विचार गरेर एक-एक पाइला अगाड़ी सार्नुपर्ने कुरा गरिरहेका छौं।
आर्थिक प्रगतिको नयाँ बाटोआर्थिक दृष्टिमा उनले बताए, स-साना प्रयोग भएका छन् तर अब राष्ट्रिय स्तरमा आर्थिक प्रतिमान गढ्नुपर्नेछ। हामीले यस्तो एक विकास मोडल प्रस्तुत गर्नुपर्नेछ, जसमा आत्मनिर्भरता, स्वदेशी र पर्यावरणको सन्तुलन होस् ताकि यो विश्वको निम्ति उदाहरण बनोस्।
छिमेकी देशहरूसित सम्बन्धहरूमा उनले भने, नदी, पहाड़ र मानिसहरू त्यही छन् केवल नक्शामा रेखाहरू कोरिएका छन्। विरासतमा प्राप्त मूल्यहरूबाट सबैको प्रगति होस्, यसको निम्ति उनीहरूलाई जोड्नुपर्नेछ। पंथ र सम्प्रदाय भिन्न हुनसक्छ तर संस्कारहरूमा मतभेद छैन।
पञ्च परिवर्तन– आफ्नो घरबाट शुरुआतउनले भने, विश्वमा परिवर्तन ल्याउन अगाड़ी हामीले आफ्नो घरबाट समाज परिवर्तनको शुरूआत गर्नुपर्नेछ। यसको निम्ति संघले पंच परिवर्तन बताएको छ। यो हो कुटुम्ब प्रबोधन, सामाजिक समरसता, पर्यावरण संरक्षण, स्व-को पहिचान तथा नागरिक कर्तव्यहरूको पालन। उनले उदाहरण दिँदै भने, चाँड़-पर्वमा पारम्परिक वेशभूषा लगाऔं, स्वभाषामा हस्ताक्षर गरौं र स्थानीय उत्पादहरूलाई सम्मानपूर्वक किनौं।
उनले भने, हाम्रा पूर्खाहरू मुस्कुराउँदै फांसीमा चढ़े तर आज हामीले देशको निम्ति 24 घण्टा जिउने आवश्यकता छ। कुनै पनि स्थितिमा संविधान र नियमहरूको पालन गर्नुपर्छ। यदि कुनै उत्तेजित गरिदिने स्थिति होस् न त टायर बालौं न त ढुंगा फ्याकौं। उपद्रवी तत्वहरूले यस्ता कार्य़हरूको लाभ उठाएर हामीलाई तोड्ने प्रयास गर्छन्। हामीले कुनै उक्साउमा आएर अवैध आचरण गर्नुहुँदैन। स-साना कुराहरूमा पनि देश र समाजको ध्यान राखेर आफ्नो काम गर्नुपर्छ। भारतले आत्मनिर्भरताको दिशामा ठोस पाइला चाल्नुपर्नेछ र यसको निम्ति स्वदेशीलाई प्राथमिकता दिनुपर्नेछ। अन्तरराष्ट्रिय व्यापार केवल स्वेच्छाले हुनुपर्छ, दबाउमा होइन।
अन्तमा सरसंघचालकले भने, संघ क्रेडिट बुकमा आउन चाहँदैन। भारतले यस्तो फड्को लगाओस् कि उसको कायाकल्प त होस् नै साथै पूरा विश्वमा सुख र शान्ति कायम होस् भन्ने संघको इच्छा छ।
हिन्दुस्थान समाचार / भवानी थामी