कोलकाता, 07 अगस्त (हि.स.)। ब्यारकपुर पुलिस कमिश्नरेट अन्तर्गत नशालु पदार्थहरूको तस्करी विरोधी विशेष अभियानको क्रममा पुलिसले एउटा ठूलो सफलता हासिल गरेको छ। पुलिस कमिश्नर मुरलीधर शर्माले बिहीवार जानकारी दिए अनुसार गए बुधवार गुप्त सूत्रबाट प्राप्त सूचनाको आधारमा नारकोटिक्स विभाग (डीडी), ब्यारकपुर पुलिस कमिश्नरेट औ नागरबजार थानाको संयुक्त टीमले नयाँपट्टी रोडस्थित वाटर ट्यांक निकट एक संदिग्ध वाहनमा छापा माऱ्यो।
सूचना प्राप्त भएको थियो, त्यस क्षेत्रमा गाँजागो अवैध धुवानी भइरहेको छ। पुलिसले तत्परता देखाउँदै सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गऱ्यो अनि वाहनलाई रोक्यो। जाँच गर्दा उक्त वाहनबाट लगभग 53.50 किलोग्राम गाँजा भेटियो जसलाई व्यापक तस्करी गर्ने उदेश्यले लगिँदैथ्यो। घटनास्थलबाट दुई जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ ज सको पहिचान सुब्रत दे र सुरजित विश्वासको रूपमा भएको छ।
60 वर्षीय आरोपी सुब्रत दे कुचबिहारको सुभाष पल्ली क्षेत्रका निवासी हो भने 34 वर्षीय सुरजीत विश्वास नदिया जिल्लाको चाकदह थाना अन्तर्गत सन्याल चर गाउँको हो। प्रारम्भिक जाँचबुझमा दुवै आरोपीले गाँजा तस्करी गरेको स्वीकार गरेका छन्। मादक पदार्थ गाँजा र वाहनलाई पुलिसले जफ्त गरेको छ।
पुलिसले यस मामिलामा नागेर बजार थानामा एनडीपीएस एक्ट अन्तर्गत काण्ड संख्या 172/25 दर्ता गरेको छ। सबै कानूनी औपचारिकता पूरा गरिएपछि दुवै आरोपीलाई अदालतमा पेश गरी पुलिस रिमाण्डमा राख्ने माग गरिनेछ ताकि तस्करीसित सम्बन्धित सबै नेटवर्कको पत्तो लगाउन सकियोस्।
पुलिस कमिश्नर मुरलीधर शर्माले बताए, नशालु पदार्थहरूको कारबारलाई लिएर जीरो टलरेन्स नीति अन्तर्गत कारबाही गरिँदैछ। आगाामी दिनमा यस्तो अभियानलाई अझ द्रूत गतिमा अगाड़ि बढ़ाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा