अभिषेक ब्यानर्जीको केन्द्रमाथि प्रहारः अमेरिकाको 50 प्रतिशत ट्यारिफलाई बताए कुटनीतिक विफलता
अभिषेक ब्यानर्जीको केन्द्रमाथि प्रहारः अमेरिकाको 50 प्रतिशत ट्यारिफलाई बताए कुटनीतिक विफलता


कोलकाता, 07 अगस्त (हि.स.)। अमेरिकाद्वारा भारतीय वस्तुहरूमाथि लगाइएको 50 प्रतिशत ट्यारिफलाई लिएर तृणमूल कंग्रेसका लोकसभामा नयाँ नेता तथा डायमण्ड हार्बरबाट सांसद अभिषेक ब्यनर्जीले केन्द्र सरकारमाथि धारिलो प्रहार गरेका छन्। उनले यसलाई भारतको ‘कुटनीतिक विफलता’-को संज्ञा दिँदै भने, यसको गम्भीर परिणाम देशको अर्थव्यवस्था र रोजगारमाथि पर्नेछ।

कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तरराष्ट्रिय हवाईअड्डामा दिल्ली तर्फ प्रस्थान हुनपूर्व मीडियासित बातचित गर्दै अभिषेक ब्यानर्जीले भने, “मलाई लाग्छ कि यो पूर्ण रूपले कुटनीतिक विफलता हो र भारतले यसको कड़ा जवाफ दिनुपर्छ। अमेरिकाद्वारा 50 प्रतिशत ट्यारिफ लगाउनाले हाम्रो नियतमाथि प्रभाव पर्नेछ, विशेष गरी आईटी, फार्मा र टेक्सटाइल जस्ता क्षेत्रहरूमा। यसबाट रोजगारमाथि पनि प्रभाव पर्नेछ अनि भारतीय अर्थव्यवस्थालाई नोक्सान हुनेछ।”

उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको त्यस टिप्पणीको पनि कड़ा आलोचना गरे जसमा उनले भारतीय अर्थव्यवस्थालाई मृत बताएका थिए। ब्यनर्जीले भने, ट्रम्पको यो कुरा सरासर गलत हो। 140 करोड़ भारतीयहरूको प्रेम र समर्थनबाट चलिरहेको भारतीय अर्थव्यवस्थालाई कसैले मार्न सक्दैन। हो, यो अवश्य भन्छु कि पछिल्लो दश वर्षभित्रमा यो आईसीयूमा पुगेको छ।

ब्यानर्जीले प्रश्न गरे, जब केन्द्र सरकारले आफूलाई ‘56 इञ्चको छाती’ वाला बताउँछ भने अमेरिका, चीन जस्ता देशहरूले भारतमाथि यस किसिमको दबाव कसरी बनाइरहेका छन्। उनले भने, जसले ट्रम्पसित तस्वीर खिचाए, उनको साथमा प्रचार गरे, उनीसित यस ट्यारिफको बारेमा प्रश्न गर्नुपर्छ। यो एक कुटनीतिक विफलता हो र केन्द्र सरकारले यसको जवाफ दिनुपर्छ।

तथापि उनले सोझै रूपमा कसैको नाम उच्चारण नगरे पनि स्पष्ट रूपमा संकेत गरे, प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2019-मा अमेरिकाको टेक्ससमा ट्रम्पको लागि प्रचार गरेका थिए भने वर्ष 2020-मा उनलाई गुजरातमा बोलाएका थिए। अभिषेकले भने, जसले ट्रम्पलाई भारतमा बोलाए, जसले उनको लागि प्रचार गरे, उनी नै आजको यस स्थितिको निम्ति जिम्मेवार छन्। यो जवाफदेही भाजपा र केन्द्र सरकारको हो, तृणमूल कंग्रेसको होइन।

अभिषेक ब्यानर्जीले बताए, उनी एक सर्वदलीय प्रतिनिधिमण्डलसित पाँच वटा देशहरूको यात्रामा गएका थिए जसमा आसियान जस्तो मञ्चमा पाकिस्तानको विरोधमा कुनै ठोस बयानसम्म आएन। उनले भने, यदि सरकार वास्तवमै ‘विश्वगुरु’ बन्न चाहन्छ भने उसले आफ्नो विदेश नीतमाथि पुनर्विचार गर्नुपर्छ।

पीओकेलाई लिएर पनि सरकारलाई घेरे-

उनले केन्द्रसित यो पनि प्रश्न गरे, जब गृहमन्त्रीले संसदमा पाक अधिकृत कश्मीर भारतको अंग हो भन्छन् भने त्यसलाई फिर्ता लिनमा ढिल्याई किन गरिरहेको छ? उनले भने, देशका जनता तपाईको साथमा छ, विपक्षी दल पनि काँधमा काँध मिलाएर उभिएका छन् भने यो ढिल्याई किन?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande