नावोबेचाको फुकनदलनीमा अवैध अतिक्रमण विरोधी प्रशासनको अभियान शुरू
नावोबेचाको फुकनदलनीमा अवैध अतिक्रमण विरोधी प्रशासनको अभियान शुरू


लखिमपुर, 07 अगस्त (हि.स.)। असम राज्यको लखीमपुर जिल्लान्तर्गत नावोबेचा राजस्व चक्र अधिनस्थ फुकनदलनी राजस्व गाउँमा अतिक्रमण हटाऔं अभियान संचालन शुरू गरियो। बिहीवार जिल्ला प्रशासनको निर्देशमा सरकारी भूमिबाट अतिक्रमणलाई हटाऔं अभियान बिहान लगभग 7 बजीदेखि आरम्भ भयो। प्रशासनको पक्षबाट पछिल्लो बिहीवार नै क्षेत्रमा अवैद रूपमा बस्दै आइरहेका मानिसहरूलाई नोटिस जारी गरिएको थियो।

प्रशासनद्वारा जारी सात दिनको समय-सीमा समाप्त भएपछि आज अतिक्रमण हटाऔं अभियान आरम्भ गरियो। प्रशासनद्वारा नोटिस जारी गरिएपछि क्षेत्रका धेरैजसो परिवारहरू पलायन भइसकेका छन्। बिहान ठूलो संख्यामा सुरक्षा बलहरूको उपस्थितिमा जेसीबीको सहयोगले स्थायी तथा अस्थायी ढाँचाहरूलाई भत्काउने कार्य प्रशासनद्वारा गरियो। अन्तिम सूचनासम्म पनि घटनास्थलमा कुनैप्रकारको विरोध देख्न पाइएन।

उल्लेखनीय छ, राज्य सरकारले राज्यभरि नै सरकारी तथा वन भूमिबाट अवैध कब्जालाई हटाउनको लागि अभियान आरम्भ गरेको छ। प्रशासनद्वारा धुबड़ी, ग्वालपाड़ा, कार्बी आंगलोंग, नगाउँ, गोलाघाट, लखिमपुर समेत अन्य केही जिल्लाहरूमा अतिक्रमण हटाऔं अभियानलाई सफलतापूर्वक सम्पन्न गरिसकिएको छ जुन आगामी दिनमा पनि जारी रहने संकेत प्रशासनले दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande