पश्चिम बंगालमा भाजपाले 42 जना जिल्लाध्यक्षहरूको नियुक्ति प्रक्रिया पूर्ण गऱ्यो
पश्चिम बंगालमा भाजपाले 42 जना जिल्लाध्यक्षहरूको नियुक्ति प्रक्रिया पूर्ण गऱ्यो


कोलकाता, 07 अगस्त (हि. स.)। पश्चिम बंगाल भाजपाले गए बुधवार राति राज्यका सबै 42 वटा सांगठनिक जिल्लाका अध्यक्षहरूको नियुक्ति प्रक्रियालाई पूरा गऱ्यो। पार्टीले 38 वटा जिल्लाका अध्यक्षहरूको नाम पहिला नै घोषणा गरिसकेको थियो भने दार्जीलिङ, ब्यारकपुर, बनगाउँ र घाटाला जिल्लाका अध्यक्षहरूको नाम थाँतीमा थियो। प्रदेश भाजपा अध्यक्ष तथा राज्यसभा सांसद शमिक भट्टचार्यले यी चार वटा जिल्लाका अध्यक्षहरूको नाम पनि घोषणा गरे।

घोषणा अनुसार दार्जीलिङबाट सञ्जीव तामाङ, ब्यारकपुरबाट तपस घोष, बनगाउँबाट विकास घोष अनि घाटालबाट तन्मय दासलाई अध्यक्ष बनाइएको छ। यीमध्ये तन्मय दासलाई मात्र पुनः अध्यक्षको जिम्मेवारी दिइएको छ भने अन्य तीन जना नयाँ अनुहार हो।

पार्टी सूत्र मुताविक दार्जीलिङ जिल्ला अध्यक्षको चयनमा प्रदेश नेतृत्वले क्षेत्रीय सांसद राजू बिष्टको सिफारिसलाई मान्यता दिए। सूत्रले बतायो, हिमाली क्षेत्रको राजनीतिक समीकरण मैदानहरूभन्दा भिन्नै छ, त्यसैले क्षेत्रीय सांसदको मतलाई प्राथमिकता दिइएको हो।

यसरी नै बनगाउँलाई लिएर निर्णय लिनमा मतुआ समुदायको महत्वपूर्ण भूमिका रह्यो। यहाँ स्थानीय सांसद तथा केन्द्रिय राज्य मन्त्री शान्तनु ठाकुरको सिफारिसलाई महत्व दिइयो। ब्यारकपुरमा स्थानीय वरिष्ठ नेताहरूको सर्वसम्मतिमा चयन गरियो भने घाटालमा तन्मय दासलाई उनको निरन्तर संगठनात्मक कार्यले गर्दा पुनः जिम्मेवारी सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande