अवनिन्द्रनाथ ठाकुरको जयन्तीमा मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् नमन
अवनिन्द्रनाथ ठाकुरको जयन्तीमा मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् नमन


कोलकाता, 07 अगस्त (हि. स.)। मुख्यमन्त्री ममता ब्यनर्जीले आधुनिक बंगालको कलाका पथप्रदर्शक औ बंगाल पुनर्जागरणका प्रमुख हस्ताक्षर अवनिन्द्रनाथ ठाकुरको जयन्तीमा श्रद्धाञ्जलि अर्पण गरेकी छन्। उनले बिहीवार माइक्रो ब्लगिंग साइट एक्समा पोस्ट गरेकी छन्, स्वदेशी परम्परा र मौलिकताको आधारमा अवनिन्द्रनाथ ठाकुरले ‘बंगाल स्कूल’- को माध्यमबाट भारतीय चित्रकलालाई एउटा नयाँ दिशा दिए जुन आज पनि उत्तिकै प्रासंगिक छ।

मुख्यमन्त्रीले स्मरण गराइन्, उनको ‘भारत माता’- को चित्रकृतिले सारा देशलाई प्रेरित गरेको थियो। ममताले भनिन्, अवनिन्द्रनाथ एकजना महान चित्रकार मात्र नभएर एकजना प्रिय साहित्यकार पनि थिए जसका रचनाहरू क्रमैले ‘क्षीर के पुतुल’, ‘राजकहानी’ और‘बूढ़ो आंगला’ आज पनि बाल-बालिकाहरूको अनमोल धरोहर बन्न पुगेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande