नयाँ दिल्ली, 7 अगस्त (हि.स.)। मुख्यमन्त्री रेखा गुप्तालाई सरकारी स्कूलहरूका स-साना बाल-बालिकाहरूले मुख्यमन्त्रई जनसेवा सदनमा बिहीवार राखी बाँधे। मुख्यमन्त्री जनसेवा सदन आज भिन्नै रंगमा थियो भने सम्पूर्ण सदन बाल-बालिकाहरूको कोलाहल तथा हाँसोले रमणीय भएको थियो।
मुख्यमन्त्रीले एक्समा पोस्ट गरिन्, सरकारी स्कूलहरूका स-साना नानीहरू रक्षाबन्धनको उपलक्ष्यमा राखी लिएर आउँदा यो परम्परा हाम्रो सम्बन्धको नयाँ परिभाषा बन्नपुग्यो। उनीहरूको स-सानो हातले बाँधिदिएको धाको एउटा यस्तो भोलिको वाचा थियो जहाँ हरेक बाल-बालिका निडर भएर, भेदभाव रहित आफ्नो सपनाको उड़ान भर्न सकुन्। उनले भनिन्, बाल-बालिकाहरूको हँसिलो मुहार, अबोध आँखाको चमक यही नै त हो हाम्रो हरेक निर्णयको मूल, हाम्रो हरेक नीतिको आधार। मुख्यमन्त्रीले सबै बाल-बालिकाहरूलाई माया अनि स्नेह दिँदै भनिन्, त्यस भरोसालाई मेरो प्रणाम जसलाई तपाईहरूले आज मेरो नाड़ीमा बाँधिदिनु भएको छ।
उल्लेखनीय छ, देशभरि नै आगामी नौ अगस्तमा रक्षाबन्धन मनाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा