सिलगढ़ी, 07 अगस्त (हि.स.)। सिलगढ़ी नगरनिगमको तीन नम्बर वार्ड गुरूङ बस्ती क्षेत्रमा अवस्थित एक फास्ट फुडको पसलमा भयानक आगलागी भयो जसमा पसल पूर्ण रूपले जलेर खरानीमा परिणत भएको छ। आगलागीको कारण अहिले पत्तो लाग्न सकेको छैन। रिपोर्ट अनुसार यो घटना बिहीवार सिलेण्डर विस्फोट भएर भएको बताइएको छ। तथापि घटनामा कुनै प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन।
स्थानीय मानिसहरू अनुसार पसलमा काम भइरहेको थियो। अचानक विस्फोट भयो र पसलमा आगो लाग्यो। घटनाको सूचना दमकल विभागलाई दिइयो। सूचना पाउनसाथ दमकलका दुई वटा इञ्जिन सहित कर्मचारीहरू घटनास्थलमा आए अनि घण्टौंसम्म परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। तथापि आगोले जलेर पसल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
मानिसहरूको आरोप छ, पसलमा ग्यास लिक भएको कारण आगो लागेको हो। यो पसलकै लापरवाही हो। यहाँसम्म कि पसलमा फायर सेफ्टी सिस्टम पनि थिएन।
यता घटनाको सूचना पाएर वार्ड पार्षद रामभजन महतो, बोरो चेयरम्यान गार्गी च्यटर्जी औ सिलगढ़ी नगरनिगमका मेयर गौतम देव घटनास्थलमा पुगे। मेयर देवले भने, प्राथमिक जाँचमा ग्यास लिक भएर आगलागी भएको कुरा सामु आएको छ। नगरनिगमले घटनाको पूर्ण जाँच गर्नेछ। नगरनिगमले व्यवसायीहरूलाई निरन्तर रूपमा फायर सेफ्टी नियमहरूलाई पालन गर्ने सल्लाप दिँदै आइरहेको छ भने आगामी दिनमा पनि यसमा कड़ा नजर राखिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा