हतकर्घा आत्मनिर्भर भारतको भावनाको सशक्त आधार होः सत्या शर्मा
हतकर्घा आत्मनिर्भर भारतको भावनाको सशक्त आधार होः सत्या शर्मा


नयाँ दिल्ली, 7 अगस्त (हि.स.)। नगरनिगममा स्थायी समितिकी अध्यक्ष सत्या शर्माले बिहीवार 'राष्ट्रिय हतकर्घा दिवस'-को अवसरमा देशवासीहरूलाई शुभकामना दिएकी छन्। ' उनले भनिन्, हतकर्घा हाम्रो सांस्कृतिक विरासतको प्रतीक मात्र होइन, आत्मनिर्भर भारतको भावनाको सशक्त आधार पनि हो।

सत्या शर्माले आज 'राष्ट्रिय हतकर्घा दिवस' -मा एक्समा पोस्ट गरिन्, हतकर्घा सांस्कृतिक विरासतको प्रतीक हो। स्वाधीनतापछि पनि हतकर्घाले आफ्नो सांस्कृतिक एवं आर्थिक भूमिका निर्वाह गर्दै आइरहेको छ। यसले कपड़ा मात्र बुन्दैन, यो एउटा लोक कला हो, एउटा विरासत हो र एउटा रोजगार पनि जोसित लाखौं बुनकर तथा कारीजहरूको जीवन जोड़िएको छ।

शर्माले भनिन्, आज सारा दुनियाँ फास्ट फ्याशन- को दौड़मा लागिपरेको समयमा भारतको हतकर्घा उत्पाद खादी, बनारसी, चँदेरी, इकत, कांथा, पटोला एवं विविधताहरूको साथमा टिकाउ मात्र नभएर भारतीयहरूको पहिचान पनि हो।

सत्या शर्मा अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारले बुनकरहरूलाई सम्मान मात्र नभएर उनीहरूलाई वैश्विक बजारसित जो़ड़्नका लागि ठोस रणनीतिमाथि काम पनि गरेको छ। हामी सबै मिलेर यस परम्परालाई आधुनिक रंग दिने तथा कलाको तानालाई तकनिकले बानासित जोड़्न आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande