हतकर्घा हाम्रो सांस्कृतिक धरोहर तथा आत्मनिर्भर भारतको सशक्त स्तम्भ होः मुख्यमन्त्री डा. यादव
हतकर्घा हाम्रो सांस्कृतिक धरोहर तथा आत्मनिर्भर भारतको सशक्त स्तम्भ होः मुख्यमन्त्री डा. यादव


-मुख्यमन्त्री डा. यादवले हतकर्घा दिवसमा बुनकर तथा हस्तशिल्पिहरूलाई दिए बधाई

भोपाल, 7 अगस्त (हि.स.)। आज (बिहीवार) राष्ट्रिय हथकर्घा दिवस हो। भारतको समृद्ध हतकर्घा विरासतलाई संरक्षण गर्ने तथा प्रोत्साहित गर्ने ध्येय लिएर 7 अगस्तको दिन यो दिवस मनाइन्छ। यो भारतीय हतकर्घा उद्योग तथा बुनकरहरूको महत्वलाई चिन्हित गर्ने तथा उनीहरूलाई सम्मानित गर्नको लागि समर्पित दिन हो। मुख्यमन्त्री डा. मोहन यादवले यसै राष्ट्रिय हतकर्घा दिवसको उपलक्ष्यमा सबै बुनकर तथा व्यवसायसित जोड़िएका कारीगरहरूलाई बधाई दिएका छन्।

मुख्यमन्त्री डाा. यादवले साेशल मीडिया एक्समा पोस्ट गरी आफ्नो बधाई सन्देशमा भने, हतकर्घा हाम्रो सांस्कृतिक धरोहर हुनको साथै वर्तमानमा आत्मनिर्भर भारतको सशक्त स्तम्भ पनि हो। आफ्नो सृजनशिलता र परिश्रमबाट विकसित भारतको पहिचान गढ़्ने सबै बुनकर, हस्तशिल्पि एवं प्रदेशवासीहरूलाई राष्ट्रिय हतकर्घा दिवसको हार्दिक बधाई अनि शुभकामना! आउनुहोस् भोकल फर लोकलको संकल्प सहित आफ्ना बुनकर र कारीगरहरूको परिश्रमलाई सम्मान गरौं साथै उनीहरूको क लालाई विश्व पटलसम्म पुऱ्याउनमा सहयोग गरौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande