मणिपुरमा आईएलपी विशेष अभियानः 2,412 जना मानिसहरूको जाँच, 170 जनासित अनुमति छैन
मणिपुरमा आईएलपी विशेष अभियानः 2,412 जना मानिसहरूको जाँच, 170 जनासित अनुमति छैन


सेनापति (मणिपुर), 07 अगस्त (हि.स.)। मणिपुरको सेनापति जिल्लामा भइरहेको एक विशेष अभियान अन्तर्गत अहिलेसम्ममा 2,412 जना मानिसहरूको पहिचान र जाँच गरिएको छ। यो अभियान अवैध रूपमा बस्दै आइरहेका बाहिरका मानिसहरू तथा वैध दस्तावेज बिनै यात्रा गरिरहेका मानिसहरूलाई चिन्हित गर्नको लागि संचालन गरिँदैछ।

पुलिसद्वारा बिहीवार जारी आधिकारिक जानकारी अनुसार जाँचको क्रममा 170 जना मानिसहरूलाई इनर लाइन परमिट (आईएलपी) बिनाको पाइएको छ भने 134 जनासित मिति सिद्धिसकेको आईएलपी थियो। तत्कालै सबैलाई माओ गेट आईएलपी काउन्टरमा पठाइयो जहाँबाट उनीहरूले वैध अनुमति प्राप्त गर्नुपर्ने हुन्छ।

यो विशेष ड्राइभ बितेको साता शुरू गरिएको थियो भने सेनापति जिल्ला पुलिस टास्क फोर्सको निगरानीमा चलिरहेको छ। यो अभियान नेशनल हाइवे-2, मरम-पेरेन रोड, ताडुबी-तोल्लोई रोड औ विभिन्न इन्टर-भिलेज मार्गहरूमा संचालन भइरहेको छ जुन जिल्लाका सबै पुलिस थानाहरूको अधिनमा पर्छ।

पुलिसले स्पष्ट पारेको छ, अहिलेसम्ममा कुनै पनि अवैध प्रवासी वा विदेशी नागरिकको बारेमा थाहा लागेको छैन, तर सबै बोर्डर एन्ट्री पोइन्टहरूमा कड़ाईपूर्वक जाँच भइरहेको छ। अधिकारीहरूले यो पनि भनिरहेका छन्, आगामी दिनमा यो अभियानलाई अझ तीव्रता दिइनेछ।

स्मरण गराइन्छ, इनर लाइन परमिट (आईएलपी) मणिपुर समेत पूर्वोत्तरका केही राज्यहरूमा लागू एक विशेष यात्रा दस्तावेज हो जसको उदेश्य स्थानीय जनजातीय तथा मूल समुदायको रक्षा गर्नु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande