जलपाईगुड़ी, 07 अगस्त (हि.स.)। जिल्लाको राजगञ्ज विधानसभा अन्तर्गत सदर ब्लकको बेलाकोबा ग्रामीण अस्पतालमा रोगी कल्याण समितिको बिहीवार सम्पन्न एक बैठकमा श्रेष्ठ सेवा उपलब्ध गराउनेमाथि चर्चा गरियो। यसको साथै अस्पतालको बुनियादी ढाँचाको विकास, सुरक्षा औ सेवाहरूको गुणस्तरलाई लिएर पनि महत्वपूर्ण निर्णय लिइयो। बैठकमा रोगी कल्याण समितिका चेयरम्यान तथा विधायक खगेश्वर राय, सदर ब्लकका बीडीओ मिहिर घोष, स्वास्थ्य अधिकारी प्रीतम बोस, पञ्चायत समिति अध्यक्ष बिनय राय, बेलाकोबा चौकीका प्रभारी अरिजीत कुण्डु सहित स्वास्थ्य विभागीय अधिकारीहरू उपस्थित थिए।
बैठकपछि रोगी कल्याण समितिका चेयरम्यान खगेश्वर रायले भने, बैठकमा केही निर्णयहरू लिएको छ जसमा नयाँ भवनको निर्माण कार्य द्रूत गतिमा समाप्त गर्नु, रोगीहरूलाई श्रेष्ठ सेवा उपलब्ध गराउनु तथा अस्पतालको समग्र विकास आदि सामेल छन्। यसरी नै सदर ब्लकका स्वास्थ्य अधिकारी प्रितम बोसले बताए, ग्रामीण अस्पतालको बुनियादी ढाँचालाई अझ आधुनिक तथा श्रेष्ठ बनाउनको लागि केही योजनाहरू बनाइएको छ। आगामी दिनमा स्वास्थ्य सेवालाई श्रेष्ठ बनाउन आवश्यक कदम उठाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा