जम्मू-कश्मीर सरकारले कश्मीरमाथि लेखिएका प्रसिद्ध लेखकहरूका 25 वटा किताबहरूलाई जफ्त गर्ने आदेश दियो
जम्मू-कश्मीर सरकारले कश्मीरमाथि लेखिएका प्रसिद्ध लेखकहरूका 25 वटा किताबहरूलाई जफ्त गर्ने आदेश दियो


श्रीनगर, 7 अगस्त (हि.स.)। जम्मू-कश्मीर सरकारले कथित रूपमा झुटो कथाहरूलाई प्रोत्साहित गर्ने, आतंकवादको महिमामण्डन गर्ने तथा भारतीय राज्यविरूद्ध हिंसा भड़्काउने 25 वटा किताबहरूलाई जफ्त गर्ने आदेश दिएको छ।

जफ्त गरिने किताबहरूमा अरुन्धति राय, सुमन्त्रा बोस, ए.जी. नूरानी औ भिक्टोरिया स्कोफिल्ड जस्ता शिक्षाविद्, इतिहासकार औ कार्यकर्ताहरूका रचनाहरू सामेल छन्। यो अधिसूचना गृह विभागद्वारा जारी गरिएको छ जुन जम्मू-कश्मीरका उपराज्यपालको अधिनमा छ।

जम्मू-कश्मीर गृह विभागद्वारा गत 5 अगस्तमा जारी अधिसूचनामा भनिएको छ, जाँच एवं विश्वसनीय गुप्त जानकारीमाथि आधारित उपलब्ध साक्ष्यले स्पष्ट रूपमा संकेत दिन्छ कि हिंसा औ आतंकवादमा युवाहरूको सहभागिताको पछाड़ि एक महत्वपूर्ण कारक झुटो आख्यान अनि अलगाववादी साहित्यको व्यवस्थित प्रसार रहिआएको छ जुन सदैव ऐतिहासिक वा राजनीतिक टिप्पणीको रूपमा आन्तरिक रूपमा प्रसारित हुन्छ। यस्तो साहित्यले युवाहरूलाई भ्रमित पार्ने, आतंकवादको महिमामण्डन गर्ने तथा भारतीय राज्यविरूद्ध हिंसा भड़काउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

यसमा अझ भनिएको छ, यस्तो साहित्यले सिकायत पीड़ित हुने अनि आतंकवादी वीरताको संस्कृतिलाई प्रेरित गरेर युवाहरूको मानसमा गहिरो प्रभाव पार्दछ। यस्तो साहित्यले जम्मू-कश्मीरमा युवाहरूको कट्टरपन्थीकरणमा जुन प्रकारले योगदान दिएको छ त्यसमा ऐतिहासिक तथ्यहरूलाई अर्कैतिर मोड़्नु, आतंकवादीहरूको महिमामण्डन, सुरक्षा बलहरूको अपमान, धार्मिक कट्टरपन्थ, अलगावलाई प्रोत्साहित गर्नु एवं आतंकवादको मार्ग प्रशस्त गर्नु आदि सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande