गाँजा तस्करीको भण्डाफोरः न्यू ब्यारकपुर पुलिसले दुई तस्करहरूलाई समात्यो, भारी मात्रामा मादक पदार्थ जफ्त
गाँजा तस्करीको भण्डाफोरः न्यू ब्यारकपुर पुलिसले दुई तस्करहरूलाई समात्यो, भारी मात्रामा मादक पदार्थ जफ्त


कोलकाता, 07 अगस्त (हि.स.)। उत्तर 24 परगनाको न्यू ब्यारकपुर थाना क्षेत्रमा भएको गाँजा तस्करीको एक मामिलामा गए बुधवार ठूलो सफलता हासिल भएको छ। न्यू ब्यारकपुर थाना पुलिसले गुप्त सूचनाको आधारमा बोड़ाई क्षेत्रमा छापा माऱ्यो जसमा दुईजना मानिसहरूलाई पक्राउ गरिएको छ। यी आरोपीहरूको कब्जाबाट 23 किलोग्राम 658 ग्राम गाँजा जस्तो मादक पदार्थ सहित एउटा तीन चक्के वाहन पनि जफ्त गरिएको छ।

पुलिस सूत्र अनुसार न्यू ब्यारकपुर थाना क्षेत्र अन्तर्गत बोडाई क्षेत्रमा गुप्त सूचनाको आदारमा अभियान संचालन गरियो। यस अवधि एउटा तीन चक्के अटो (पञ्जीकरण संख्या डब्ल्यूबी 25ए 4846)- लाई रोकेर त्यसको जाँच गरियो। जाँचमा अटोभित्रबाट 23 किलो 658 ग्राम गाँजा जफ्त गरियो जुन अटो सवार दुईजना मानिसहरूको रहेको बताइएको छ।

पक्रा पर्ने दुवै आरोपीको पहिचान रामकिशोर हेलाको छोरा अमित हेला (38) र भगीरथ विश्वासको छोरा टपु विश्वास (33)-को रूपमा भएको छ।दुवै नै हेमन्त नगर, थाना न्यूब्यारकपुर, जिल्ला उत्तर 24 परगनानिवासी रहेको बताइएको छ।

पुलिसले गाँजा र वाहनलाई कानूनी प्रक्रिया अन्तर्गत जफ्त गरी दुवै अभियुक्तहरूलाई पक्राउ गरेको छ। अभियुक्तहरूविरूद्ध न्यू ब्यारकपुर थानामा एनडीपीएस एक्टको धारा 20(बी)(ii)(सी)/29 अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले यो पनि पत्तो लगाउने चेष्टा गरिरहेको छ कि यो तस्करी कुनै ठूलो गिरोहसित गाँसिएको त छैन। जाँचबुझ जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande