बिहारको जमुईमा मिनी गन फ्याक्ट्रीको भण्डाफोर, पाँच जना समातिए
बिहारको जमुईमा मिनी गन फ्याक्ट्रीको भण्डाफोर, पाँच जना समातिए


पटना, 07 अगस्त (हि.स.)। बिहारमा जमुई जिल्लाको खैरा प्रखण्ड अन्तर्गत हरखार पञ्चायतका मुखिया मुन्ना सावको घरमा गए बुधवार राती छापा मारेर अवैध हतियार बनाउने फ्याक्ट्रीको भण्डाफोर गरेको छ। पुलिसले घटनास्थलबाट प्रचुर मात्रामा अर्धनिर्मित एवं निर्मित हतियारहरू लगायत हतियार बनाउने उपकरणहरूलाई जफ्त गरेको छ।

यस मामिलामा पुलिसले एकैचोटि तीन वटा ठेगानाहरूमा छापा माऱ्यो। छापामारी अवधि पाँचजना आरोपीहरूलाई पक्राउ गरिएको छ जसको पहिचान मो खुर्शिद आलम, मो जहिर (दुवै मुंगेर निवासी), बिस्मिल्लाह अली, मोहम्मद गाजी अली (दुवै कोलकाता निवासी) औ जमुईको रोपाबेल निवासी धर्मवीर साव (मुखियाको भतिज)- को रूपमा गरिएको छ।

जमुईका डीएसपी सतिश सुमनले उक्त छापामारी अभियानको नेतृत्व गरेका थिए। पुलिसले बताए मुताविक यो गिरोहले लामो समयदेखिकै अवैध रूपमा हतियार निर्माण तथा तस्करीको धन्दा गर्दै आइरहेको थियो। गिरोहको नेटवर्क पश्चिम बंगालसम्म फैलिएको थियो। प्राथमिक जाँचमा थाहा लागेको छ, यहाँ बनिएका हतियारहरूको सप्लाई बंगालसम्म हुन्थ्यो।

मुखिया मुन्ना सावको आपराधिक इतिहास पहिलाबाटै रहिआएको छ भने अब उसको घरमा मिनी गन फ्याक्ट्री रहेको खुलासा भएपछि सम्पूर्ण क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। पुलिसले आरोपीहरूले बताएको आदारमा जमुई मुख्यालयको कल्याणपुरस्थित गुड्डु सिंहको घरमा पनि छापा माऱ्यो जहाँबाट ठूलो संख्यामा हतियार, उपकरण र अवैध सामग्री जफ्त गरियो। यस अतिरिक्त रोपाबेल गाउँ र गरही बजारस्थित एक निजी घरमा पनि छापामारी गरियो जहाँबाट धेरै प्रकारका हतियारहरू जफ्त गरिएको छ। हाल यी तीनै वटा स्थानमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ साथै गहन खोजी अभियानलाई पनि जारी राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande