बिहारका शिक्षकहरूको मनचाह स्थानमा स्थानान्तरण गरिने नीतीश सरकारको घोषणा
बिहारका शिक्षकहरूको मनचाह स्थानमा स्थानान्तरण गरिने नीतीश सरकारको घोषणा


पटना, 07 अगस्त (हि.स.)। बिहार विधानसभा चुनाउपूर्व नीतीश सरकारले आज एक महत्वपूर्ण घोषणा गर्दै भनेको छ, शिक्षकहरूलाई अन्तर जिल्ला स्थानान्तरणमा छुट दिँदै उनीहरूले चाहेको स्थानमा स्थानान्तरण गरिनेछ।

मुख्यमन्त्रीले सोशल मीडिया एक्समा साझा गरेका पोस्टको माध्यमबाट यस आशयको जानकारी दिएका हुन्। यो निर्णयले ती शिक्षकहरूको लागि राहत लिएर आएको छ जो हालैको स्थानान्तरण प्रक्रियादेखि असन्तुष्ट थिए वा उनीहरूले मनले चाहेको स्थान पाएका थिएनन्।

नीतीश कुमारले लेखे, “शिक्षा विभागद्वारा हालैमा गरिएको शिक्षक स्थानान्तरणको बारेमा विभिन्न श्रोतहरूबाट सुझाउ प्राप्त भइरहेको छ। यसको समीक्षा गर्ने क्रममा मैले शिक्षा विभागलाई स्पष्ट निर्देश दिएको छु, अन्तर जिल्ला स्थानान्तरण सम्बन्धी समस्या रहेका शिक्षकहरूलाई तीन वटा जिल्लाको विकल्प दिइनेछ र यी तीन वटा जिल्लाहरूबाट उनीहरूले चाहेको जिल्लामा स्थानान्तरण गरिनेछ।

मुख्यमन्त्रीले लेखे, “जिल्लाभित्र पदस्थापनाको कार्य जिल्ला पदाधिकारी समितिद्वारा गरिनेछ ताकि यथासम्भव इच्छित खण्ड वा त्यसको नजिकमा उनीहरूको पदस्थापना हुनसकोस्। शिक्षकगण बाल-बालिकाहरूको भविष्यको लागि अत्यन्त महत्वपूर्ण हुन, त्यसैले मेरो विनम्र आग्रह हुनेछ कि उनीहरूले यस बारेमा चिन्तित हुनको सट्टा बिहारका बाल-बालिकाहरूको शिक्षाको लागि लगनपूर्वक काम गरून्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande