एन्टालीमा जीर्ण भवनको एक भाग झऱ्यो, महिला सहित दुई जना गम्भीर घाइते
एन्टालीमा जीर्ण भवनको एक भाग झऱ्यो, महिला सहित दुई जना गम्भीर घाइते


कोलकाता, 07 अगस्त (हि.स.)। कोलकाताको एन्टाली क्षेत्रस्थित एक जीर्ण भवनको एक भाग झरेर दुई जना मानिसहरू गम्भीर रूपमा घाइते भए। यो दुर्घटना बिहीवार बिहान एन्टालीको एक नम्बर अनराइट लेनमा भएको हो। घटनापछि एन्टाली थानाको पुलिस र आपदा प्रबन्धन विभागको टीम घटनास्थलमा पुग्यो।

स्थानीय मानिसहरूले बताए अनुसार बिहीवार बिहान लगभग 10 बजी मञ्झु लाहिड़ी (63) नामक एक वृद्धा त्यस जर्जर भवनको बरण्डामा उभिएकी थिइन्, अचानक बरण्डा भत्किएर तल झऱ्यो। त्यसबेला त्यहाँबाट रथिन सेन (79) नामक अर्को वृद्ध पनि गइरहेका थिए। भवनका अवशेषहरूको चपेटमा परेर दुवै वृद्धा घाइते भए।

तुरून्तै स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर घाइतेहरूलाई बाहिर निकाले अनि अस्पतालमा पुऱ्याए। पुलिसले सम्पूर्ण घटनास्थललाई घेराबन्दी गरेर भवनको स्थितिको जाँच गरिरहेको छ।

स्मरण गराइन्छ, पछिल्लो सप्ताह मात्र हुगली जिल्लाको चुन्चुड़ा नगरपालिका क्षेत्रमा यस्तै एक जर्जर भवन भत्किेको घटना सामुआएको थियो। लगातार परिरहेको पानीले गर्दा शहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रहरूमा पनि कच्चा घरहरू भत्किने घटना बढ़्दै गइरहेको छ। यी घटनाहरूमा ज्यानमालको पनि क्षति भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande