कोलकाता, 07 अगस्त (हि. स.)। राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले पश्चिम बंगाल सिभिल सेवा (डब्ल्यूबीसीएस) अधिकारीहरूको नाममा एउटा खुल्ला पत्र जारी गरी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीव्र हमला गरेका छन्। उनले अधिकारीहरूसित अपील गरेका छन्, उनीहरूले ममता ब्यानर्जीको 'गोहीको आँशु'-बाट प्रभावित नभई तथा कुनै प्रकारको डर वा पक्षपात नगरी आफ्नो संवैधानिक दायित्वहरूको निर्वहन गरुन्।
बिहीवार लेखिएको यस पत्रमा शुभेन्दु अधिकारीले आरोप लगाएका छन्, ममता ब्यानर्जीको चुनाउ आयोगद्वारा निर्देशित एफआईआर दर्ता नगराउने फसेला सरकारी कर्मचारीहरूलाई बचाउनको लागि नभएर आई-प्याक र उसका सहयोगीहरूलाई बचाउनको लागि हो। अधिकारी अनुसार आई-प्याकसित जड़ित मानिसहरूले डेटा एन्ट्री अपरेटरको रूपमा चुनावी व्यवस्थामा अनुप्रवेश गरिसकेका छन् र वर्षौंदेखिको 'टेक्निकल धाँधली'-को माध्यमबाट जाली भोटरहरूको नाम जोड़्ने, हिन्दू भोटरहरूको नाम हटाउने तथा बंगलादेशी मुसलमानहरूलाई मतदाता सूचीमा सामेल गर्ने काम गरिरहेका छन्।
उनले दाबी गरे, वरिष्ठ अधिकारीहरूको दबाव अनि लामो समयदेखिकै व्याप्त उपेक्षाले गर्दा डब्ल्यूबीसीएस अधिकारीहरूले आफ्नो वैधानिक कार्यसित सम्झौता गरेका छन्। पत्रमा यो पनि लेखिएको छ, यी सबै कार्य ममता ब्यनर्जी र उनको भतिजद्वारा अर्जित अवैध सम्पत्तिबाट भक्तान पाउने प्रतीक जैन र उनका साथीहरूद्वारा संचालन भइरहेको छ।
शुभेन्दु अधिकारीले भने, अब समय आइसकेको छ अधिकारीहरूले आफ्नो संवैधिक अधिकारहरूको प्रयोग गरेर राज्य अनि भावी पिँढ़ीको भविष्यको रक्षा गर्ने। ममता ब्यानर्जीले आफ्ना मन्त्री, विधायक तथा पार्टी कार्यकर्ताहरूलाई जेलमा बलिदान गरेर अब आफू र आफ्नो भतिजलाई बचाउने प्रयास मात्र गरिरहेकी छन्।
पत्रलाई समापन गर्दै उनले अधिकारीहरूसित अपील गरे, उनीहरूले निडर भएर कार्य गरून्। उनले भरोसा पनि व्यक्त गरे, माँ कालीले ममताको पञ्जाबाट तपाईहरूलाई बचाउनेछन्।
यो पत्रलाई शुभेन्दु अधिकारीले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) अकाउण्टमा पनि साझा गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा