कार्बी आङलोङ, 07 अगस्त (हि.स.)। पहाड़ी जिल्ला कार्बी आङलोङको बोकाजान क्षेत्रबाट पुलिसले चार चतुर चोरहरूलाई पक्राउ गरेको छ। पुलिस सूत्रहरू अनुसार, बोकाजान पुलिसले गत बुधवार अबेर राति चारै चोरहरूलाई पक्राउ गऱ्यो। पुलिसले खटखटीको दूदू कोलोनीमा गुप्त सूचनाको आधारमा अभियान चलाउँदै चारै चोरहरूलाई पक्राउ गऱ्यो।
चोरहरूदेखि पुलिसले एक ल्यापटप, एक कीप्याड मोबाइल फोन, दुई स्मार्ट फोन, तीन कांस्याको कटौरी, छह कांस्याको दियोका साथै चोरीको काममा प्रयोग गरिने उपकरण जफत गरेको छ। पक्रा परेका चोरहरूको पहिचान मोरीगाउँ जिल्लाको सुरभा अली, साहान अली, आसादुल इस्लाम, रसिदुल इस्लामको रूपमा गरिएको छ।
पुलिस सूत्रहरू अनुसार, चतुर चोर कबाड़ीवाला बनेर मानिसहरूको घरमा पुग्थे। घरमा कोही नरहेको फायदा उठाउँदै चोरीको घटनालाई परिणाम दिएर भाग्नेगर्थे। पुलिसले चारै जना चोरसित सघन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी