नयाँ दिल्ली, 8 जुलाई (हि.स.)। दिल्ली स्कूल अफ जर्नलिज्म (डीएसजे)-मा यस वर्ष 90 प्रतिशत विद्यार्थीहरूलाई प्लेसमेन्ट प्राप्त भएकोमा डीएसजेका ओएसडी डा. सञ्जय वर्माले हर्ष व्यक्त गरे। उनले यसलाई संस्थानको अकादमिक गुणस्तर तथा मीडिया इण्डस्ट्रीमा यसको बढ़्दो प्रतिष्ठाको प्रमाण बताएका छन्।
डा. वर्माले भने, यसपालि केही नामी मीडिया संस्थानहरू जस्तै इनफर्मिस्ट मीडिया प्राइभेट लिमिटेड, जी स्टुडियोज, एनडीटीभी ग्याजेट्स 360, न्यूज नेशन, अमर उजाला औ बजरबट्टू कन्टेन्ट भाइब्स प्राइभेट लिमिटेडले डीएसजेका विद्यार्थीहरूलाई रिपोर्टर, रिसर्च एक्जीक्यूटिभ, एंकर, कन्टेन्ट राइटर, एडिटोरियल ट्रेनी औ जूनियर प्रोड्यूसर जस्ता अलग-अलग पदहरूको लागि चयन गरेका छन्। यस अतिरिक्त रिपब्लिक वर्ल्ड, क्रिएटिभ हब, व्हाइट टाइगर फिल्मस औ स्वदेश 24x7 जस्ता संस्थानहरूमा पनि विद्यार्थीहरूको चयन हुनेवाला छ।
उनले भने, यो सफलता प्लेसमेन्ट आँकड़ासम्म मात्र सीमित नरहेर यो त्यस निरन्तर मिहेनत र सोचको परिणाम हो जसान्तर्गत डीएसजेले पढ़ाईलाई इण्डस्ट्रीसित जोड़्ने दिशामा काम गरेको छ। पढ़ाईदेखि करियरसम्मको यात्रामा डीएसजेले यो साबित गरिदिएको छ कि उ देशका प्रमुख मीडिया शिक्षण संस्थानहरूमा सामेल भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा