किसानहरूको हित भारतको सर्वोच्च प्राथमिकताः प्रधानमन्त्री
मोदी


नयाँ दिल्ली, 07 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरू, मछुआराहरू र पशुपालकहरूको हित भारत सरकारको सर्वोच्च प्राथमिकता हो र यी वर्गहरूको अधिकारहरू र हितहरूको रक्षाको निम्ति उनी व्यक्तिगत रूपमा कुनैपनि मूल्य चुकाउन तयार रहेको बताएका छन्। उनले यो पनि दोहोऱ्याए कि भारत आफ्नो अन्नदाताहरूको साथ कहिलेपनि कुनै समझौता गर्नेछैन।

प्रधानमन्त्री मोदी आज नयाँ दिल्ली स्थित आईसीएआर पूसामा आयोजित एम.एस. स्वामीनाथन शताब्दी अन्तरराष्ट्रिय सम्मेलन लाई सम्बोधित गरिरहेका थिए। उनले भारतमा कृषि क्षेत्रलाई आत्मनिर्भर र टिकाऊ बनाउने दिशामा प्रोफेसर स्वामीनाथनको योगदानलाई याद गर्दै उनलाई श्रद्धाञ्जलि दिए।

प्रधानमन्त्रीले भने, डा. स्वामीनाथनले यो देखाए कि विज्ञान केवल खोज नभएर वितरणको पनि माध्यम हुनुपर्छ। उनले आफ्नो शोधको माध्यमले किसानहरूको खेतीको आधुनिक तरीकाहरूको निम्ति प्रेरित गरे। उनको विचार आजपनि हाम्रा नीतिहर र कृषि विज्ञानमा परिलक्षित हुन्छ।

मोदीले भने, हरित क्रान्तिका जनक मानिने डा. स्वामीनाथनको योगदान केवल कृषि उत्पादनसम्म सीमित थिएन, तर उनले बायोडायवर्सिटी र बायो-ह्याप्पीनेस जस्ता विचारहरूको माध्यमले स्थानीय समुदायहरूलाई पनि सशक्त बनाए। डा. स्वामीनाथनको भनाई थियो कि बायोडायवर्शिटीको माध्यमले स्थानीय मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।

उनले बताए, डा. स्वामीनाथनको स्मृतिमा “एमएस स्वामीनाथन अवार्ड फर फूड एंड पीस” को शुरुआत गरिएको छ, जुन विकासशील देशहरूका ती वैज्ञानिकहरूलाई प्रदान गरिनेछ, जसले खाद्य सुरक्षाको दिशामा उल्लेखनीय योगदान दिएका छन्। यस पुरस्कारको पहिलो विजेता नाइजीरियाका प्रोफेसर बनेका छन्।

उनले भने, भारत आज चामल, गहुँ, कपास, सब्जी र माछा उत्पादनमा विश्वमा शीर्ष स्थानमा छ। सोयाबीन, मूंगफली र तोरी जस्ता फसलहरूको उत्पादन पनि रेकर्ड स्तरमा पुगेको छ। यो हाम्रा किसानहरूको परिश्रम र सरकारको किसान-केन्द्रित नीतिहरूको परिणाम हो।

सरकारद्वारा शुरू गरिएका योजनाहरूको उल्लेख गर्दै मोदीले भने, पीएम-किसान सम्मान निधि, पीएम-सम्पदा योजना, र हालमा शुरू गरिएको पीएम धन-धान्य योजना जस्ता कार्यक्रमहरूले किसानहरूको आर्थिक स्थितिलाई मजबूत बनाउने दिशामा काम गरिरहेका छन्। सरकारले किसानहरूलाई आत्मनिर्भर बनाउने र खेतीलाई लाभकारी बनाउन लगातार काम गरिरहेको छ।

प्रधानमन्त्रीले वैज्ञानिकहरूसित फूड सिक्योरिटीका साथै न्यूट्रीशनल सिक्योरिटीमाथि ध्यान दिने र प्राकृतिक खेती, क्रप डाइवर्सिफिकेशन तथा क्लाइमेट रेजिलिएन्ट वरायटीज़माथि अनुसन्धानलाई बढ़ावा दिने आग्रह गरे। उनले आर्टिफिशियल इन्टेलिजेन्स र मशीन लर्निङ जस्ता तकनीकहरूलाई कृषिसित जोड्ने सुझाउ पनि दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande