नयाँ दिल्ली, 07 अगस्त (हि.स.)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट भारतीय उत्पादहरूमाथि 25 प्रतिशतसम्म अतिरिक्त टेरिफ लगाउनलाई लिएर कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिमाथि प्रश्न उठाएका छन्।
उनले भने, भारतको राष्ट्रिय हित सर्वोपरि छ र जुन देशले पनि हाम्रो रणनीतिक स्वायत्तालाई मनामाना तरीकाले दण्डित गर्दछ, उसले भारतको शक्तिलाई बुझ्दैन। सातौं बेड़ाको धम्कीदेखि लिएर परमाणु परीक्षणहरूको प्रतिबन्धहरूसम्म, हामीले अमेरिकाको साथ आफ्नो सम्बन्धहरूलाई आत्मसम्मान र गरिमाको साथ निभाएका छौं। खरगेले आरोप लगाए, अमेरिकाको धम्कीहरूको कारण मोदी सरकारको कूटनीति लरखराइऱहेको छ।
खरगेले भने, ट्रम्पको 'पारस्परिक टेरिफ' योजनाको जानकारी भएपनि भारत सरकारले केन्द्रिय बजेटमा एमएसएमई, कृषि, इन्जीनियरिङ, इलेक्ट्रोनिक्स, रत्न एवं आभूषण, दवाई, जैविक उत्पाद, पेट्रोलियम र वस्त्र जस्ता क्षेत्रहरूलाई राहत दिने कुनै ठोस रणनीति बनाएन। भारतको अमेरिकालाई निर्यात 2024 मा लगभग 7.51 लाख करोड़ रूपियाँ रह्यो, यस्तो स्थितिमा 50 प्रतिशत टेरफि लागू हुँदा लगभग 3.75 लाख करोड़ रूपियाँको सोझो आर्थिक बोझ देशमाथि पर्नेछ, जसको सबैभन्दा अधिक असर साना उद्योगहरू र किसानहरूमाथि पर्नेछ।
उल्लेख्य, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि 25 प्रतिशत अतिरिक्त टेरिफ लगाएका छन्। यो टेरिफ रूसबाट तेल किनेकोमा जरिमानाको रूपमा लगाइएको हो। यस टेरिफबाट छूट प्राप्त वस्तुहरूलाई छोड़ेर कूल टेरिफ 50 प्रतिशत हुनेछ। ट्रम्पको यो अतिरिक्त टेरिफ 21 दिनपछि अर्थात् 27 अगस्तदेखि लागू हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी