मङ्गन, 07 अगस्त (हि.स.)। मङ्गनका जिल्लापाल अनन्त जैनले स्वतन्त्रता दिवस २०२५ को जिल्लास्तरीय उत्सवका लागि अन्तिम तयारी सभाको अध्यक्षता गरे। बैठकमा जिल्लाका विभिन्न विभागका प्रमुख र अधिकारीहरूको उपस्थिति रहेको थियो।
मङ्गन सार्वजनिक मैदानमा आयोजना हुने स्वतन्त्रता दिवस समारोहको कार्यक्रमबारे सभामा विस्तृत छलफल गरिएको थियो। बैठकमा प्रत्येक विभागको भूमिकाको बारेमा पनि चर्चा गर्दै निर्बाध समन्वय सुनिश्चित गर्न विशेष जिम्मेवारी तोकिएको थियो।
स्वतन्त्रता दिवस समारोहलाई भव्य रूपमा सफल बनाउने सङ्कल्पका साथ सभाको समापन भएको मङ्गन आईपीआरले बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल