नयाँ दिल्ली, 07 अगस्त (हि.स.)। संसदको मनसून सत्रको लगातार 14औं दिन बिहिवार लोकसभा र राज्यसभामा विपक्षको हंगामाको कारण कामकाज प्रभावित रह्यो। विपक्ष बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) मा चर्चा गराउने मागमा अडिग छ। यसले गर्दा कारबाही धेरै पल्ट बाधित भएपछि दिनभरिको निम्ति स्थगित गरियो।
लोकसभामा कारबाही पहिले 12 बजी र पछि 2 बजीसम्मको निम्ति स्थगित भयो। दुई बजी कारबाही शुरू हुँदा सरकारले हंगामाबीच मणिपुर माल एवं सेवाकर (संशोधन) विधेयक 2025 र मणिपुर बजेट पारित गरायो। यसपछि कारबाही शुक्रवार 11 बजीसम्मको लागि स्थगित गरियो।
अर्कोतिर, राज्यसभामा बिहान हंगामाको कारण कारबाही 2 बजीसम्मको लागि स्थगित गरियो। 2 बजी कारबाही शुरू हुँदा हंगामाबीच सदनमा तटीय नौवहन विधेयक, 2025 पारित गरियो। पछि कारबाही दिनभरिको निम्ति स्थगित गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी