कोलकाता, 7 अगस्त (हि.स.)। विश्वकवि रविन्द्रनाथ ठाकुरको पुण्यतिथिको अवसरमा डाक विभागले एक अनौठो पहल गर्न गइरहेको छ। बिहीवार डाक विभागद्वारा वर्षा र टैगोर विषयमाथि आधारित आठ वटा विशेष चित्र पोस्टकार्डको एक सेट जारी गरियो। यो पहल वर्तमानमा भइरहेको फरएभर इन लेटर्स अभियान अन्तर्गत गरिँदैछ जसको उदेश्य युवाहरूमा पत्र लेखनको परम्परालाई पुनर्जीवित गर्नु र फिलैटली अर्थात डाक टिकट संग्रहणको संस्कृतिलाई प्रोत्साहित गर्नु हो।
डाक विभागको यस पहलको माध्यमबाट गुरुदेव रविन्द्रनाथ ठाकुरका रचनाहरूमा वर्षाप्रति जुन आत्मीयता र सौन्दर्य बोध झल्किन्छ, त्यसलाई साहित्य र प्रकृतिको एक सुन्दर संगमको रूपमा चित्रित गरिनेछ। विभागको मान्यता छ, टैगोरका कविता तथा गद्यहरूमा वर्षा एक प्राकृतिक घटना मात्र नभएर एक भावनात्मक, काव्यात्मक तथा दार्शनिक अनुभव पनि हो।
यी पोस्टकार्ड्समा टैगोरको साहित्यिक दृष्टिकोणबाट मनसुनका छविहरूलाई दर्शाइनेछ जसले पाठकहरूलाई नस्टैल्जिया, कल्पनाशीलता औ भावनात्मक जुड़ावको अनुभव गराउने छ। यो प्रयास गुरूदेवको साहित्यिक विरासतलाई सम्मान दिने माध्यम मात्र नभएर युवाहरूलाई पत्र लेखन जस्तो मानवीय सम्वादको माध्यम तर्फ फर्काउने एक सृजनात्मक प्रयास पनि हो।
स्मरण गराइन्छ, फरएवर इन लेटर्स अभियान अन्तर्गत देशभरि नै विभिन्न अवसरहरूमा साहित्य, संस्कृति एवं सम्वादलाई प्रेरित गर्ने डाक आधारित आयोजनहरू भइरहेका छन्। वर्षा र टैगोर पोस्टकार्ड सेट पनि यसै श्रृंखलामा एक रचनात्मक तथा भावनात्मक जोड़ हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा