नयाँ दिल्ली, 07 अगस्त (हि.स.)। कर्नाटकका मुख्य निर्वाचन अधिकारीले कांग्रेस नेता राहुल गान्धीबाट मतदाता सूचीमा गड़बड़ीको दाबीमा साक्ष्य सहित शपथ-पत्र मागेको छ। उनलाई भनिएको छ कि उनले आफूले लगाइएका आरोपहरूलाई प्रमाणित गरुन्। कर्नाटकका मुख्य निर्वाचन अधिकारीले आज राहुल गान्धीलाई चिट्ठी पठाएका छन्।
चिट्ठीमा उल्लेख छ कि कांग्रेस प्रतिनिधिमण्डलले भोली (8 अगस्त) दिउँसो 1 देखि 3 बजीबीच मुख्य निर्वाचन अधिकारीलाई भेटेर एक ज्ञापन सुम्पिन गइऱहेको छ।
चिट्ठीमा भनिएको छ, मतदाता सूचीहरू जनप्रतिनिधित्व अधिनियम, 1950 र मतदाताहरूको पञ्जीकरण नियम, 1960 अनुसार पारदर्शी रूपमा तयार गरिएको छ। कांग्रेसलाई ड्राफ्ट सूची नोभेम्बर 2024 र अन्तिम सूची जनवरी 2025 मा उपलब्ध गराइएको थियो। कांग्रेसले यस मस्यौदा सूचीमा पहिलो र दोस्रो अपील दर्ता गरेन।
चिट्ठीमा उल्लेख गरिएको छ, राहुल गान्धईले आफ्नो पत्रकार वार्तामा अवैध नामहरूको उपस्थिति र योग्य मतदाताहरूको नाम हराएको आरोप लगाएका छन्। यसैको आधारमा उनलाई सम्बद्ध व्यक्तिको नाम, भाग संख्या र क्रमांकको साथ घोषणा-पत्र भरेर पठाउनु भनिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी