रांची सहित कोलकाता र मुम्बईका 8 ठेगानामा ईडीको रेड, जीएसटी घोटाला मामिला
रांची


रांची, 07 अगस्त (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले बिहिवार बिहान 750 करोड़ रूपियाँको जीएसटी घोटालासित जोड़िएका आरोपीहरूको रांची, कोलकाता र मुम्बईको कूल 8 ठेगानामा छापा माऱ्यो। रांचीमा एकसाथ 6 अलग-अलग ठेगानाहरूमा यो छापामारी भएको छ। पीपी कम्पाउण्ड स्थित कृष्णा अपार्टमेन्टको चौथो फ्लोरमा एक फ्ल्याट बाहेक अन्य पाँच ठाउँमा यो छापा मारियो। ईडीका टीमहरूले जरूरी दस्तावेज, विडिजटल रेकर्ड र अन्य साक्ष्य खोजिरहेका छन्।

बिहिवार बिहान एयरपोर्ट रोड स्थित ईडी अफिसबाट ईडीका टीमहरू अलग-अलग ठेगानाहरूमा छापा मार्नु निस्के। सूत्रहरू अनुसार, ईडीले 750 करोड़ रूपियाँको जीएसटी घोटालामा दोस्रो चरणको छापामारी शुरू गरेको छ। अहिले अन्य राज्यहरूलाई मिलाएर कूल 8 ठेगानामा ईडीको यो छापामारी चलिरहेको छ।

जानकारी अनुसार, जीएसटी घोटालासित सम्बन्धित दोस्रो चरणको छापामारीमा शिव कुमार देवड़ा गिरोहसित जोड़िएका मानिसहरूलाई सामेल गरिएको छ। जीएसटी घोटालाको पहिलो चरणको छापामारीमा ईडीले कोलकातादेखि शिव कुमार देवड़ा, जमशेदपुरबाट अमित अग्रवाल उर्फ विक्की भालोटिया सहित चार जनालाई पक्राउ गरेको थियो। यिनीहरूसित भएको सोधपुछमा जीएसटी घोटालामा फर्जी बिल बनाएर सरकारलाई नोकसान पुऱ्याइएको जानकारी पाइएको थियो।

ईडीलाई सोधपुछमा थाहा लागेको छ, बिना समानको खरीद-बिक्री गरी कागजी व्यापार देखाएर इनपुट ट्याक्स क्रेडिट (आईटीसी)को अनुचित लाभ उठाइयो। भनिन्छ, यस धन्धामा अझ् पनि मानिसहरू सामेल छन्। यी सूचीहरूको प्रारम्भिक जाँच पूरा भएपछि ईडीले जीएसटी घोटालामा दोस्रो चरणको छापामारी शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande