पाकिम, 07 अगस्त (हि.स.)। पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानेले आज रम्फू खेल मैदानमा चलिरहेको आगामी आमा सम्मान दिवस कार्यक्रमको तयारीको जानकारी लिनका लागि निरीक्षण भ्रमण गरे। उक्त कार्यक्रम आगामी 10 अगस्तका दिन हुनेछ।
निरीक्षणको क्रममा जिल्लापालले कार्यक्रम स्थलमा चलिरहेका तयारी कार्यहरूको समीक्षा गरे। उनले मञ्च, बस्ने व्यवस्था, भीडको आवागमन, जन सुविधाहरू र लाइन विभागहरूसॅंग समन्वय विषयमा जानकारी लिएका थिए। कार्यक्रम व्यवस्थित र योजनाबद्ध रूपमा सम्पन्न भएको सुनिश्चित गर्न निरीक्षण गरिएको बताइएको छ।
जिल्लापालको साथमा एडीसी जीएल मीणा, रम्फूकी एसडीएम सुजाता सुब्बा पाकिमका जिल्ला परियोजना अधिकारी टीआर छेत्री र डुगाका बीडीओ छोपेल भोटिया पनि सामेल थिए। टोलीले संयुक्त रूपमा व्यवस्थाको प्रगतिको मूल्याङ्कन गर्दै विभिन्न विभागहरूलाई तोकिएको जिम्मेवारीहरूको बारेमा पनि छलफल गर्यो।
अधिकारीहरूले पूर्वाधार निर्माण, सुरक्षा व्यवस्था तथा अन्य रसद तयारीहरूमा संलग्न अधिकारीहरूसॅंग पनि अन्तरक्रिया गरे। आमा सम्मान दिवस कार्यक्रममा राज्यका छवटै जिल्लाबाट मानिसहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। जिल्ला प्रशासनले कार्यक्रमलाई सुचारु रूपमा सञ्चालन गर्न समन्वित प्रयास गरिरहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल