रूपहीहाटमा नौ पशुको साथ सात चोर पक्राउ
रूपहीहाटमा नौ पशुको साथ सात चोर पक्राउ


नगाउँ, 07 अगस्त (हि.स.)। नगाउँ जिल्लान्तर्गत रूपहीहाट क्षेत्रमा हिजो राति पुलिसले चोरीको 9 पशुलाई उद्धार गर्नका साथै सात पशु चोरहरूलाई पक्राउ गरेको छ। यो गिरफ्तारी रूपहीहाट र कवेमारी पुलिसद्वारा संयुक्त रूपमा चलाइएको अभियानमा भयो।

पक्रा परेका चोरहरूको पहिचान रूपहीहाटको भरकत गाउँ निवासी मतिबुर रहमान, रुपहीहाट तीनाली निवासी रइस उद्दीन, बरपेटाको अनारुल हकको रूपमा गरिएको छ। कवैमारीबाट पक्रा परेका चोरहरूको पहिचान कदमगुरी निवासी साहिबुल हुसैन, पश्चिम लरीरमुख निवासी शरीफुल इस्लाम, जहिरुल इस्लाम र बरमाबिल निवासी नूर मुहम्मदको रूपमा गरिएको छ।

रूपहीहाट पुलिसले चारै जनालाई पक्राउ गरी उनीहरू विरूद्ध कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande