गान्तोक, 07 अगस्त (हि.स.)। सिक्किम सरकारले 12 जनालाई सिक्किम राज्य महिला आयोगको सदस्य नियुक्त गरेको छ। आयोगका पुराना सदस्यहरूको कार्यकाल पूरा भएकाले नयॉं सदस्यहरू नियुक्त गरिएको हो। राज्य गृह विभागले बुधवार जारी गरेको एक अधिसूचनामा उक्त जानकारी गराएको छ।
अधिसूचना अनुसार, सिक्किम राज्य महिला आयोगका पुराना सदस्यहरूको कार्यकाल पूरा भएकाले नयॉं सदस्यहरूलाई नियुक्त गरिएको छ। सदस्यहरूको नियुक्ति आगामी तीन वर्षको लागि हुनेछ।
सिक्किम राज्य महिला आयोगका नयॉं सदस्यहरूमा रुपा मंगर, नवामित लेप्चा, पार्वती आचार्य, रनमाया तामाङ, सकुन राई, जुनू छेत्री, पाल्मु शेर्पा, टाशी डोमा तामाङ, सुनिता सुनवार, देविका विष्ट, निर्मला भुजेल र रत्न सुब्बा सामेल छन्।
हिन्दुस्थान समाचार / बिशाल