यूपीएससी साक्षात्कारमा असफल उम्मेदवारहरूले प्रतिभा-सेतु पोर्टलबाट रोजगार पाउने
यूपी


-33,950 भन्दा अधिक उम्मेदवारहरूले निजी र सार्वजनिक क्षेत्रहरूमा अवसर पाउने

नयाँ दिल्ली, 07 अगस्त (हि.स.)। केन्द्र सरकारले सिविल सेवा परीक्षा (यूपीएससी) को साक्षात्कारसम्म पुग्ने तर चयनित हुन नसक्ने हजारौं उम्मेदवारहरूलाई राहत दिने दिशामा एक महत्वपूर्ण कदम उठाएको छ। राज्यसभामा सोधिएको एक प्रश्नको जवाफमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्य मन्त्री डा. जितेन्द्र सिंहले बिहिवार बताए, सरकारले ‘प्रतिभा-सेतु’ पोर्टलको शुरुआत गरेको छ, ताकि यी मेधावी तर असफल उम्मेदवारहरूले निजी र सार्वजनिक क्षेत्रहरूमा रोजगारको राम्रो अवसर पाउन सकुन्।

मन्त्रीले बताए, वर्ष 2020-21 देखि 2024-25 सम्म कूल 52,910 उम्मेदवारहरूले यूपीएससी साक्षात्कारमा हिस्सा लिए, जसमध्ये 33,950 उम्मेदवारहरूको अन्तिम चयन हुन सकेन। यही उम्मेदवारहरूका लागि सरकारले पब्लिक डिस्क्लोजर स्कीम र हालमा प्रतिभा-सेतु पोर्टलको शुरूआत गरेको छ। यस योजना अन्तर्गत यूपीएससी र अन्य सरकारी भर्ती एजेन्सीहरूले ती उम्मेदवारहरूको जानकारी साझा गर्नसक्छन्, जसले परीक्षाको एक वा एकभन्दा अधिक चरण सफलतापूर्वक नाघेका छन्, तर अन्तिम चयन सूचीमा स्थान बनाउन सकेनन्। यो विवरण अब नेशनल करियर सर्विस (एनसीएस) पोर्टल र यूपीएससीको वेबसाइटमा उपलब्ध छ, जसलाई निजी कम्पनीहरू, सार्वजनिक उपक्रम र अन्य संगठनले आफ्नो यहाँ भर्तीको निम्ति उपयोग गर्नसक्छन्।

सरकारको भऩाई छ, यी उम्मेदवारहरूले उच्च स्तरको तयारी र योग्यता राख्छन् र यिनीहरूलाई अन्य क्षेत्रहरूमा अवसर दिएर देशको प्रतिभाको समुचित उपयोग गर्न सकिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande