नयाँ दिल्ली, 07 अगस्त (हि.स.)। उपराष्ट्रपति पदको निम्ति बिहिवार 07 अगस्तदेखि चुनावी प्रक्रिया शुरू भइरहेको छ। आज उपराष्ट्रपति चुनाउको निम्ति अधिसूचना जारी गरिनेछ। एकभन्दा अधिक उम्मेदवार भए 09 सेप्टेम्बरमा यसको निम्ति मतदान हुनेछ।
उल्लेख्य, 22 जुलाईमा जगदीप धनखड़ले स्वास्थ्यगत कारणहरूले गर्दा आफ्नो पदबाट अचानक राजीनामा दिएका थिए, तबदेखि उप राष्ट्रपति चुनाउको निम्ति उम्मेद्वारहरूलाई लिएर चर्चाहरू तीव्र भएको थियो।
उपराष्ट्रपति चुनाउको निम्ति 07 अगस्तमा अधिसूचना जारी गरिनेछ। 21 अगस्तमा नाम निर्देशन गर्ने अन्तिम तारिक हो। 22 अगस्तमा नामांकन पत्रहरूको समीक्षा गरिनेछ। 25 अगस्तसम्म नामांकन फिर्ता लिनसकिनेछ। यस पदमा राज्यसभाका 233 सदस्य, 12 राज्यसभाका नामित सदस्य र 543 लोकसभाका सदस्यले मतदान गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी