देशको बुनाई एवं परम्पराको उत्सव मनाऔंः रेखा गुप्ता
देशको बुनाई एवं परम्पराको उत्सव मनाऔंः रेखा गुप्ता


नयाँ दिल्ली, 7 अगस्त (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले राष्ट्रिय हतकर्घा दिवसको अवसरमा बिहीवार आफ्नो देशको बुनाई तथा परम्पराको उत्सव मनाउने अपील गरिन्। मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, मेरो लागि साड़ी एउटा परिधान मात्र होइन, संस्कृतिको संगम पनि हो। कहिले मधुबनीको साड़ी जु मिथिलाको कलाको उपहार हो, त कहिले इक्कत वा मैसुर सिल्क जसले दक्षिणको परम्परा झल्काउँछ, म दैनन्दिन जीवनमा भारतका विविधताहरूलाई ओढ़्छु।

मुख्यमन्त्रीले भनिन्, खादी र ह्याम्डलुम वस्त्र मात्र होइन, यो आत्मनिर्भर भारतको पहिचान हो। प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भोकल फर लोकल’ औ ‘स्वदेशी गर्व’- को आह्वानले आज यी परम्पराहरूलाई फेरि जन-जनसित जोड़िदिएकोछ। उनले दिल्लीका सबै दिदी-बहिनीहरूसित आग्रह गरेकी छन्, आज एउटा ह्याण्डलुम परिधान लगाउनुहोस् र त्यसको तस्वीर सोशल मीडियामा शेयर गरेर हतकर्घा उद्योगलाई प्रोत्साहित गर्नुहोस्।

उल्लेखनीय छ, 7 अगस्त, 1905- मा शुरू भएको स्वदेशी आन्दोलनले स्वदेशी उद्योग तथा विशेष रूपमा हतकर्घा बुनकरहरूलाई प्रोत्साहित गऱ्यो। वर्ष 2015-मा भारत सरकारले हरेक वर्षको 7 अगस्तमा राष्ट्रिय हतकर्घा दिवस मनाउने निर्णय लियो। पहिलो राष्ट्रिय हतकर्घा दिवसको उद्घाटन 7 अगस्त, 2015-मा प्रधानमन्त्री मोदीले चेन्नईमा गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande