बीजापुर, 12 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को बीजापुर जिल्लाको दक्षिण-पश्चिमी क्षेत्रमा आज शुक्रवार बिहान सुरक्षाबलहरू र नक्सलीहरूबीच भएको भिड़न्तमा दुई नक्सली मारिएका छन्। घटनास्थलबाट दुई वर्दी लगाएका नक्सलीको शवको साथ 303 रायफल, विस्फोटक सामग्री र अन्य दैनिक उपयोगका वस्तुहरू जफत गरिएको छ।
बस्तर आईजी सुन्दरराज पी- ले यसको पुष्टि गर्दै बताए, क्षेत्रमा नक्सलीहरूको उपस्थितिबारे सूचना पाइएपछि सुरक्षाबलहरूले सर्च अपरेशन शुरू गरेको थियो, सोही अवधि आज बिहान भिड़न्त शुरू भयो। दुवैतर्फबाट लगभग दुई घण्टाको गोलीबारीपछि अहिलेसम्मको सर्च अपरेशनमा भिड़न्त स्थलबाट 2 नक्सलीहरूको शव भेटिएको छ। अपरेशन अहिलेपनि जारी भएकोले भिड़न्तस्थल, अपरेशनमा सामेल सुरक्षाबलहरूको संख्या तथा अन्य संवेदनशील जानकारी यस समय साझा गर्न मिल्दैन। अपरेशन पूरा भएपछि विस्तृत रिपोर्ट छुट्टै साझा गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी