पटना, 13 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार 15 सेप्टेम्बरमा बिहारको पूर्णिया आउनेछन्। प्रधानन्त्रीले बिहारलाई नवनिर्मित पूर्णिया एयरपोर्टको उद्घाटनका साथै कोसी-मेंची लिंक परियोजना, पटना मेट्रो सहित अन्य धेरै परियोजनाहरूको सौगात दिनेछन्।
प्रधानमन्त्रीको दौड़ाहलाई लिएर प्रशासनिक तयारीहरू अन्तिम चरणमा छ। बिहार सरकारले पूर्णियामा 30 अधिकारीहरूको तैनाती गरेको छ। यी सबै अधिकारी 14 देखि 15 सेप्टेम्बर अर्थात् दुई दिनसम्म पूर्णियामा तैनाथ रहनेछन्। सामान्य प्रशासन विभागको तर्फबाट जारी आदेशमा भनियो, प्रधानमन्त्रीको पूर्णिया दौड़ाहमा सुरक्षा एवं विधि व्यवस्थाको निम्ति यी अधिकारीहरूलाई पूर्णिया समाहरणालयमा तैनाथ गरिन्छ।
प्रधानमन्त्री मोदीले आगामी 15 सेप्टेम्बरमा पूर्णिया एयरपोर्टको उद्घाटन गर्नेछन् र एक जनसभालाई सम्बोधित गर्नेछन्। पूर्णिया राज्यको चौथो वाणिज्यिक एयरपोर्ट हुनेछ, जहाँबाट यात्री विमान सेवा शुरू हुनसक्नेछ। एयरपोर्ट उद्घाटनमा केवल विशिष्ट एवं गणमान्य व्यक्तिहरूलाई नै प्रवेश पाउनेछन्। जबकि शीशाबाड़ीको जनसभामा आम जनता भारी संख्यामा सामेल हुनेछन्। जनसभाको निम्ति पाँच ह्याङ्गरको निर्माण पनि गरिएको छ।
प्रधानमन्त्रीको दौड़ाहलाई लिएर पुलिस-प्रशासन अलर्ट मोडमा छ। ट्राफिक पुलिस आम जनको निम्त रूट चार्ट र पार्किङ स्थलहरूलाई अन्तिम रूप दिनमा जुटेको छ। कसबा, डगरूआ लेन, गुलाबबाग मार्केटिंग यार्ड, शीशाबाड़ी चौक र जीरोमाइल सहित 16-17 स्थानहरूमा वाहन पार्किंगको निम्ति ठाउँ चिन्हित गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी