दिल्ली हाईकोर्टमा बम धमाकाहरूको धम्कीले खैलाबैला, कारबाही स्थगित
दिल्ली हाईकोर्टमा बम धमाकाहरूको धम्कीले खैलाबैला, कारबाही स्थगित


नयाँ दिल्ली, 12 सेप्टेम्बर (हि.स.)। दिल्ली हाईकोर्टलाई शुक्रवार बिहान एक ई-मेलको माध्यमले बमले उड़ाउने धम्की दिइएपछि अदालत परिसरमा खैलाबैला मच्चियो। धम्कीपछि कोर्टको कारबाही तत्काल स्थगित गरियो। हाईकोर्ट परिसरलाई खाली गराएपछि खोजी अभियान जारी छ।

अदालतका रजिस्ट्रार जनरल अरूण भारद्वाजलाई यो धम्कीपूर्ण ई-मेल आज बिहान 10.41 बजी प्राप्त भयो। ई-मेलमा दिल्ली हाईकोर्टमा विस्फोट गरिने कुरा भनिएको छ र दाबी गरिएको छ कि नमाजपछि जज च्याम्बरमा कुनैपनि समय विस्फोट हुनसक्छ। बिहान जुन ई-मेल आएको थियो, त्यसमा लेखिएको थियो कि कोर्टभित्र तीन बम राखिएको छ र दिउँसो 2 बजीसम्म परिसर खाली गर।

धम्कीको जानकारी पाउनसाथ दिल्ली पुलिसले हाईकोर्ट परिसरको न्यू ब्लकलाई खाली गराएर गहन खोजी अभियान शुरू गऱ्यो। बम निरोधक दस्ता र दमकल विभागका गाड़ीहरू घटनास्थलमा पुगे। दमकल विभाग अनुसार, विभागले 12.25 बजी कल पाएको थियो, जसपछि तुरन्तै दुई गाड़ी हाईकोर्ट पठाइयो। अहिले खोजी अभियान जारी छ।

धम्कीपछि अदालतमा सुनवाई स्थगित गरिएको छ र धेरै कोर्ट रूम अहिले बन्द गराइएको छ। पुलिस र सुरक्षा एजेन्सीहरू मेलको उत्पत्ति र विश्वसनीयताको जाँचमा जुटेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande