नयाँ दिल्ली, 13 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार कर्नाटकको हासनमा भएको दुर्घटनामा गहिरो शोक व्यक्त गरेका छन्। प्रधानमन्त्रीले भने, यो घटना अत्यन्त हृदय विदारक हो र यस दुःखद क्षणमा उनको विचार शोक संतप्त परिवारहरूको साथ छ। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरे।
प्रधानमन्त्री कार्यालय अनुसार, प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट मृतकहरूका परिजनहरूलाई 2-2 लाख रूपियाँको अनुग्रह राशि दिइनेछ। दुर्घटनामा घाइते भएका प्रत्येक व्यक्तिलाई 50 हजार रूपियाँको आर्थिक सहायता प्रदान गरिनेछ।
उल्लेख्य, कर्नाटकको हासन जिल्लामा शुक्रवार राति गणेश विसर्जनमा ठूलो दुर्घटना घट्यो। एक ट्रक नियन्त्रण गुमाएर श्रद्धालुहरूको भीड़मा पस्यो, जसबाट कम्तीमा 8 जनाको मृत्यु भयो तथा 20 भन्दा अधिक घाइते भए। घाइतेहरूमा धेरैको अवस्था गम्भीर बताइएको छ। मृतकहरूमा केही इन्जीनियरिङका छात्र पनि सामेल छन्।
हिन्दुस्थान समाचार / भवानी थामी