प्रधानमन्त्रीले मिजोरममा 9 हजार करोड़को परियोजनाहरूको उद्घाटन गरे, आइजोल पहिलो पल्ट रेलवे मानचित्रमा सामेल
मिजोरम


आइजोल, 13 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार मिजोरममा 9 हजार करोड़ रूपियाँभन्दा अधिकको विकास परियोजनाहरूको उद्घाटन एवं शिलान्यास गरे। यसमा 8,070 करोड़ रूपियाँको लागतले निर्मित बैराबी–सैरांग रेल लाइन प्रमुख छ, जसले राज्यको राजधानी आइजोललाई भारतीय रेलवे नेटवर्कसित जोड्दछ।

प्रधानमन्त्रीले खराब मौसमको कारण आइजोल पुग्न नसक्दा लंगपुई हवाई अड्डाबाट भर्चुअल माध्यमले जनतालाई सम्बोधित गरे। यस अवधि मिजोरमका राज्यपाल वीके सिंह, मुख्यमन्त्री लालदूहामा र रेल मन्त्री अश्विनी वैष्णव आइजोल स्थित लम्मुआल मैदानमा उपस्थित थिए।

मोदीले भने, आजको दिन केवल मिजोरम नभएर पूरा देशको निम्ति ऐतिहासिक हो। अब आइजोल भारतीय रेल मानचित्रमा सामेल भएको छ। कठिन भौगोलिक परिस्थितिहरू र अनेक चुनौतीहरू भएपनि बैराबी–सैरांग रेल लाइन पूरा हुनु दृढ़ निश्चय र सामूहिक संकल्पको प्रमाण हो। यो रेल परियोजना रोजगार सृजन, पर्यटनलाई प्रोत्साहन र शैक्षिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धहरूलाई सशक्त गर्नेछ।

प्रधानमन्त्रीले तीन नयाँ एक्सप्रेस ट्रेनहरूको पनि शुरुआत गरे, जसको माध्यमले मिजोरमको राजधानी आइजोलले दिल्ली, गुवाहाटी र कोलकातासित सोझो रेल कनेक्टिविटी पाउनेछ। उनले भने, पहिलो पल्ट सैरांगदेखि दिल्लीको निम्ति राजधानी एक्सप्रेस शुरू भइरहेको छ। यसले न केवल भौगोलिक दूरी कम गर्नेछ तर मनहरूलाई पनि अझ् नजिक ल्याउनेछ।

मोदीले मिजो समाजको त्याग, सेवा र साहसको परम्परालाई याद गर्दै भने, स्वतन्त्रता आन्दोलनदेखि लिएर राष्ट्र निर्माणसम्म मिजोरमवासीहरूको योगदान अविस्मरणीय छ। मिजोरम, ‘एक्ट ईस्ट पोलिसी’ र उदियमान ‘नर्थ ईस्ट इकोनोमिक कोरिडोर’ को अहम केन्द्र हो र पूर्वोत्तर भारत आज देशको विकास इन्जिन बनिरहेको छ।

प्रधानमन्त्रीले भगवान पाथियनलाई नमन गर्दै भने, आज म तपाईहरूबीच आउन नपाएपनि तपाईको स्नेह र आशीर्वादलाई यहाँबाट पनि महसूस गरिरहेको छु। हाम्रो मन सदैव जोड़िएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande