गान्तोक, 15 सेप्टेम्बर (हि.स.)। सदर पुलिस थाना क्षेत्र अन्तर्गत राजधानीको सिच्छेस्थित रोधी सिक्किम छेउ स्थानीय एक व्यक्तिको घरमा चोरी भएको घटना प्रकाशमा आएको छ। घटनाको सम्बन्धमा अज्ञात व्यक्ति विरुद्ध मामिला दर्ता गरिएको छ।
पुलिस रिपोर्ट अनुसार, पीडित व्यक्तिले आइतवार आफ्नो घरमा चोरी भएको मामिला सदर थानामा दर्ता गराए। उनले अज्ञात व्यक्ति (हरू) घरमा प्रवेश गरेर सूनका गर गहनासहित 90 हजार रूपियॉं नगद चोरी गरेको बताएका छन्।
यस घटनाको सम्बन्धमा पुलिसले भारतीय न्याय संहिता, 2023 को धारा 305(a)/331(3) अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल