असमको सोनारीमा उल्फा (स्वा) का दुई क्याडरले गरे आत्मसमर्पण
असमको सोनारीमा उल्फा (स्वा) का दुई क्याडरले गरे आत्मसमर्पण


चराइदेव, 16 सेप्टेम्बर (हि.स.)। यूनाइटेड लिबरेशन फ्रन्ट अफ असम (उल्फा) स्वाधीन (स्व) का दुई सक्रिय कार्यकर्ताहरू (क्याडर्स) ले असमको चराइदेव जिल्ला स्थित सोनारीमा पुलिस समक्ष आत्मसमर्पण गरेका छन्।

चराइदेव जिल्ला मुख्यालयको शहर सोनारीमा दुई उल्फा (स्वा) क्याडरहरूले सोनारी पुलिस सामू आत्मसमर्पण गरे। दुवैको पहिचान सुभान्त दुवरा उर्फ चुन्मय असम र सदियाका दन्देश्वर बूढ़ागोहाईं उर्फ अनुपम असमको रूपमा गरिएको छ।

वर्तमानमा दुवै उल्फा (स्व) क्याडरहरूसित चराइदेव जिल्ला पुलिसले सघन सोधपुछ गरिरहेको छ। पुलिस सूत्रहरू अनुसार, छिट्टै नै अन्य सूचनाहरूलाई सावर्जनिक गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande