जीएसटी सुधारहरूले अर्थव्यवस्थामा 2 लाख करोड़ आउनेछ
जीएसटी सुधारहरूले अर्थव्यवस्थामा 2 लाख करोड़ आउनेछ


विशाखापत्तनम, 17 सेप्टेम्बर (हि.स.)। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले भावी पीढ़ीको माल एवं सेवा कर (जीएसटी) सुधारहरूले अर्थव्यवस्थामा 2 लाख करोड़ रूपियाँको निवेश हुने बताएकी छन्। यसबाट मानिसहरूको हातमा अधिक नगदी हुनेछ, जुन अन्यथा करहरूमा जानेथियो।

वित्तमन्त्रीले यहाँ आयोजित भावी पीढ़ीको जीएसटी सुधारहरूमा आउटरीच र इन्टरेक्शन कार्यक्रमलाई सम्बोधित गर्दै यी कुरा भनेकी हुन्। उनले कार्यक्रममा विभिन्न व्यापार निकायहरूका व्यापारीहरू र व्यापार प्रतिनिधिहरूको साथ बातचित गरिन्। उनले भनिन्, यस नयाँ पीढ़ीको कर व्यवस्थामा जसमा केवल दुई स्ल्याब (5 र 18 प्रतिशत) छन्, यसबाट अर्थव्यवस्थामा 2 लाख करोड़ रुपियाँ आउनेछ। मानिसहरूसित नगदी हुनेछ।

उनले भनिन्, जीएसटी राजस्व 2025 मा बढ़ेर 22.08 लाख करोड़ रूपियाँ हुनेछ। करदाताहरूको संख्या पहिलेको 65 लाखदेखि बढ़ेर 1.51 करोड़ भएको छ। जीएसटी कर सुधारहरूपछि 12 प्रतिशत जीएसटी स्ल्याब अन्तर्गत पर्ने 99 प्रतिशत वस्तुहरू अब 5 प्रतिशतको स्ल्याबमा आएको छ। यस बदलावको परिणामस्वरूप 28 प्रतिशत कर स्ल्याब अन्तर्गत पर्ने 90 प्रतिशत वस्तुहरू 18 प्रतिशतको स्ल्याबमा आएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande