धर्मशाला, 17 सेप्टेम्बर (हि.स.)। तिब्बती धर्मगुरू एवं नोबेल पुरस्कार विजेता दलाई लामाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको जन्मदिनमा हार्दिक बधाई दिँदै उनको उत्तम स्वास्थ्यको कामना गरेका छन्।
प्रधानमन्त्रीलाई लेखेको चिट्ठीमा उनले लेखेका छन्, भारतमा सबैभन्दा लामो समयसम्म रहने अतिथिको रूपमा मैले गत केही वर्षमा भएका दूरगामी विकास र समृद्धिलाई प्रत्यक्ष रूपमा देखेको छु। म हालका दिनमा तलाईको बढ्दो आत्मविश्वास र शक्तिको निम्ति बधाई दिँदछु। भारतको सफलता वैश्विक विकासमा पनि योगदान दिँदछ।
उनले भने, म आफूलाई भारतको एक गौरवशाली सन्देशवाहक मान्दछु र विश्वको सबैभन्दा अधिक जनसंख्या भएको र सबैभन्दा ठूलो लोकतन्त्र, भारतको उल्लेखनीय र गहन धार्मिक बहुलवादको निम्ति नियमित रूपमा आफ्नो प्रशंसा व्यक्त गर्दछु। भारतले विश्वको निम्ति सद्भाव र स्थिरताको एक उदाहरण प्रस्तुत गर्दछ।
दलाई लामाले लेखेका छन्, हामी तिब्बतीहरूका लागि भारत न केवल हाम्रो आध्यात्मिक विरासतको श्रोत रहेको छ तर 66 वर्षभन्दा पनि अधिक समयदेखि हाम्रो भौतिक घर पनि रहेको छ। म एक पल्ट फेरि भारत सरकार र भारतवासीहरूप्रति उनीहरूको हार्दिक र उदार आतिथ्यको निम्ति आफ्नो गहिरो कृतज्ञता व्यक्त गर्दछु।
हिन्दुस्थान समाचार / भवानी थामी