हैदराबाद, 17 सेप्टेम्बर (हि.स.)। केन्द्र सरकारको तत्वानधानमा सिकन्दराबादको परेड मैदानमा बुधवार ‘हैदराबाद मुक्ति दिवस’ मनाइयो। कार्यक्रमका मुख्य अतिथि केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंहले शहीद स्मारकमा श्रद्धाञ्जलि अर्पित गरे औं राष्ट्रिय ध्वज फहराए। केन्द्रिय मन्त्रीले सरदार वल्लभभाई पटेललाई श्रद्धाञ्जलि अर्पित गरी केन्द्रिय बलहरूको सलामी लिए। कार्यक्रममा केन्द्रिय मन्त्री किशन रेड्डी, गजेन्द्र सिंह शेखावत, बन्दी संजय कुमार र प्रदेश भाजपा अध्यक्ष एन रामचन्दर, भाजपा सांसद, विधायक र अन्य पदाधिकारी सामेल भए।
साल 1948 मा निजान शासन अन्तर्गत पूर्ववर्ती हैदराबाद रियासतको 17 सेप्टेम्बरमा भारतीय संघमा विलयको वार्षिकीको रूपमा यो आयोजन गरिन्छ। यस अवसरमा हैदराबाद रियासतलाई भारतीय संघमा एकीकृत गर्नमा प्रथम उप प्रधानमन्त्री सरदार वल्लभभाई पटेलद्वारा निभाइएको महत्वपूर्ण भूमिकाको निम्ति उनको श्रद्धापूर्वक स्मरण गरिन्छ।
राज्यभरिमा लोक प्रशासन दिवस समारोह
अर्कोतिर, राज्य सरकारको तत्वानधानमा यस अवसरलाई लोक प्रशासन दिवसको रूपमा मनाइन्छ। लोक प्रशासन दिवसको वसरमा मुख्यमन्त्री रेवन्त रेड्डी गन पार्क पुगे। त्यहाँ उनले शहीद स्मारकमा श्रद्धाञ्जलि अर्पित गरे।
राज्य सरकारद्वारा आयोजित जनसभालाई सम्बोधित गर्दै तेलंगानाका मुख्यमन्त्री रेवन्थ रेड्डीले भने, हाम्रो संघर्ष विश्व आन्दोलनमा स्वर्ण अक्षरहरूमा लेख्नसकिन्छ। हाम्रो शासनमा भाई-भतीजवाद र संरक्षणवादको कुनै ठाउँ छैन। हामी स्वतन्त्रता, समान अवसर र सामाजिक न्यायको मामिलामा आदर्श उदाहरण हौं। हाम्रा युवाहरूले उच्च शिक्षाको माध्यमले आफ्नो शक्ति देखाउनुपर्छ। भविष्य़मा स्कूलहरूको स्वरूप परिवर्तन हुनेछ। हामीले शिक्षाका साथै खेलहरूलाई पनि प्राथमिकता दिइरहेका छौं। हामीले छिट्टै नै एक राज्य शिक्षा नीति ल्याइरहेका छौं।
हिन्दुस्थान समाचार / भवानी थामी