नयाँ दिल्ली, 17 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय मन्त्री जेपी नड्डा आज हरियाणाको रोहतक र साँझ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि केन्द्रित कार्यक्रमहरूमा सामेल हुनेछन्। भाजपाले राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय मन्त्री जेपी नड्डाको रोहतक र दिल्लीका कार्यक्रमहरूलाई एक्स ह्याण्डला साझा गरेका छन्।
भाजपा अनुसार, नड्डा आज बिहान 11 बजी हरियाणाको रोहतकमा प्रधानमन्त्री मोदीको 'स्वस्थ नारी सशक्त परिवार अभियान' को शुभारम्भको अवसरमा टेगोर अडिटोरियम महर्षि दयानन्द विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागिता गर्नेछन्। साथै साझँ 5 बजी प्रधानमन्त्रीको 75औं जन्मदिवसको अवसरमा उनको जीवनमाथि आधारित ‘सेवा ही संकल्प, राष्ट्र प्रथम ही प्रेरणा... 75 वर्ष’ प्रदर्शनीको शुरूआत गर्नेछन्। प्रदर्शनीको आयोजन कनोट प्लेसको सेन्ट्रल पार्कमा गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी