नयॉं दिल्ली, 17 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपहारमा प्राप्त स्मृति चिह्नहरूको ई-नीलामी आजदेखि शुरू भइरहेको छ। ई-नीलामीको सातौं संस्करणमा प्रधानमन्त्रीलाई प्राप्त 1300 भन्दा धेरै उपहारहरू मानिसहरूले किन्न सक्नेछन्। यो ई-नीलामी दुई अक्टोबरसम्म चल्नेछ। मानिसहरूले पीएममोमेन्टोज नामक वेबसाइटमा गएर यी उपहारहरूको लागि बोली लगाउन सक्नेछन्।
राष्ट्रिय आधुनिक कला संग्रहालय (एनजीएमए) मा मंगलवार संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले संवाददाता सम्मेलनमा उक्त जानकारी दिए। उनले भने, नीलाम गरिने वस्तुहरूमा पेन्टिङ, कलाकृतिहरू, मूर्तिहरू, देवी देवताका मूर्तिहरू र केही खेल सामग्रीहरू सामेल छन्। यसबाट प्राप्त राशि नामामि गंगे परियोजनालाई प्रदान गरिने छ।
उनले भने, पहिलो ई-नीलामी जनवरी 2019 मा भएको थियो। तबदेखि प्रधानमन्त्रीलाई प्राप्त हजारौं उपहारहरूको नीलामी गरिएको छ। यसमा नमामि गंगे परियोजनाको लागि 50 करोड रूपियॉंभन्दा धेरै राशि संग्रह गरिएको छ। उनले भने, मोदी पहिलो प्रधानमन्त्री हुन् जसले आफ्ना सबै स्मृति चिह्नहरू यस पुनित कामको लागि समर्पित गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी