दिल्लीमा 502 आँगनवाड़ी क्रेच केन्द्रहरूको शुभारम्भ
दिल्लीमा 502 आँगनवाड़ी क्रेच केन्द्रहरूको शुभारम्भ


नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। केन्द्रिय महिला एवं बाल विकास मन्त्री अन्नपूर्णा देवी तथा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार न्यू अशोक नगरस्थित दिल्ली नगरनिगम प्राथमिक विद्यालयमा 502 वटा पालनाघर आँगनवाड़ी अर्थात क्रेच केन्द्र (शिशु गृह)-हरूको उद्घाटन गरे।

मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, दिल्लीमा 502 वटा पालना आँगनबाड़ी अर्थात क्रेच केन्द्रहरूको शुभारम्भ कामकाजी तथा परिश्रमी आमाहरूको जीवनमा शान्तिको नयाँ रेखा हो। यी केन्द्रहरू स-साना बाल-बालिकाहरूको पोषण तथा हेरचाहको भरोसा हो। अब आमाहरूले निश्चिन्त भएर आफ्नो सपना तथा जिम्मेवारीहरूलाई सन्तुलनमा राख्न सक्नेछन् उनले भनिन्, सेवा पखवाड़ा अन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा दिल्लीका आमाहरूलाई यो अमूल्य उपहार प्राप्त भएको छ। यी 502 वटा केन्द्रहरू नानीहरूको पोषण तथा हेरचाहको उदाहरण बन्नेछन् तथा कामकाजी र परिश्रमी आमाहरूलाई आफ्नो रोजगार एवं जिम्मेवारीहरूलाई सहज रूपमा निर्वाह गर्नमा सहयोग गर्नेछ।

मुख्यमन्त्रीले भनिन्, आँगनवाड़ी तथा क्रेच कार्यकर्ताहरूलाई अब नयाँ नाम “मौसी” (छ्यामा)-ले सम्बोधन गरिनेछ जुन आमा जस्तै स्नेह, ममता तथा हेरचाको प्रतीक हो। यस अवसरमा केन्द्रिय सड़क परिवहन राज्यमन्त्री हर्ष मल्होत्रा, विधायक रविकान्त, रवि नेगी, जिल्ला अध्यक्ष विजेन्द्र धामा सहित अनेकौ मानिसहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande