खरसाङ, 18 सेप्टेम्बर (हि.स.)। खरसाङ नगरपालिकाका पूर्व पार्षद सञ्जीव चन्द्र शर्माको निधन भएको छ। उनको निधन उपचारको क्रममा भएको जानकारी प्राप्त भएको छ। उनको निधनप्रति खरसाङ नगरपालिकामा एक श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङको अध्यक्षतामा सम्पन्न शोक सभामा स्व. शर्माप्रति मौन प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गरियो। सभामा नगरपालिका अध्यक्ष ब्रिटेन गुरुङले स्व शर्माको योगदान स्मरण गर्दै उनको परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरे। नगरपालिकाको बडा बाबु सुरेन कुटवालले स्व शर्माको जीवनयात्रा र योगदानबारे मन्तव्य राखेका थिए। सभामा नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यकारी अधिकारी तथा सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक