गुवाहाटी, 18 सेप्टेम्बर (हि.स.)। आगामी दुर्गा पूजालाई मध्यनजर गर्दै आज गुवाहाटी पुस्तकालयमा कामरूप (मेट्रो) जिल्ला प्रशासन एवं पुलिस प्रशासनमाझ एक बैठक सम्पन्न भयो। बैठकमा दुर्गा पूजा कमिटीहरूका पदाधिकारीहरू पनि सामेल भएका थिए।
बैठकको उदेश्य दुर्गा पूजाको आयोजनलाई शान्तिपूर्वक सम्पन्न गराउनेमाथि व्यापक चर्चा गर्नु हो। जिल्ला पुलिस प्रशासनले दुर्गा पूजा आयोजनको लागि एक मानक संचालन प्रक्रिया (एसओपी) जारी गऱ्यो जसान्तर्गत प्रत्येक पूजा कमिटीले आफ्नो पण्डालमा सीसीटीभी जड़ान गर्न अनिवार्य रहेको छ। पण्डालहरूमा अबेर रातीसम्म स्वयंसेवकहरूको उपस्थिति अनिवार्य हुनेछ। स्वयंसेवकहरूको सूचीलाई पुलिसलाई दिनुपर्छ। प्रत्येक श्रद्धालुहरूको सुरक्षालाई सुनिश्चित गर्नुपर्छ।
एसओपी अन्तर्गत प्रत्येक पूजा पण्डालमा हेल्प डेस्क एवं मेडिकल डेस्क स्थापना गर्नुपर्छ। साथै पूजा पण्डालहरूमा भीआईपी आउनअघि नै यसको जानकारी पुलिसलाई दिनुपर्छ। यातायातलाई नियन्त्रण गर्नको लागि पूजा कमिटीहरूले ध्यान दिनुपर्छ। रक्सी खाएर पूजा पण्डालहरूमा प्रवेश गर्न पाइँदैन। श्रद्धालुहरूको लागि पूजा पण्डालहरूमा निःशुल्क पिउने पानीको व्यवस्था गरिनुपर्छ। ध्वनि प्रदूषणमाथि रोक सहित पूजा कमिटीले बाटो र सड़कमा पण्डाल बनाउन सक्दैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा