कटरा, 18 सेप्टेम्बर (हि.स.)। प्रतिकूल मौसमको कारणले केही समयको लागि स्थगित गरिएको माता वैष्णौदेवी गुफा मन्दिर यात्राको निम्ति पञ्जीकरण पुनः एकपटक शुरू भएको छ।अधिकारीहरूले यात्रालाई अगाड़ि बढ़ाउने फसेला लिएका छन्। पैह्रो तथा घना वर्षाको कारणले 22 दिनसम्म स्थगित भएपछि जम्मू-कश्मीरको आवासीय जिल्लामा त्रिकुटा पहाड़मा अवस्थित यस मन्दिरको दर्शनको लागि गए बुधवारदेखि यात्रा फेरि शुरू गरिएको भए पनि प्रतिकूल मौसमको कारणले बुधवार साँझ यसलाई रोकिएको थियो। मौसममा सुधार आउनसाथ बिहीवार बिहानदेखि फेरि तिर्थ यात्रा शुरू भएको छ।अधिकारीहरूले बताए, यात्रा सुचारू रूपमा अगाड़ि बढ़िरहेको छ।
श्राइन बोर्डले घोषणा गरेको छ, हेलिकप्टर सेवा प्रयोग गर्न इच्छुक तिर्थ यात्रीहरूलाई हेलिकप्टरको टिकट बुक गर्न भनिएको छ। माता वैष्णोदेवी मन्दिरको मुख्य शिविर कटरामा उर्लिएका श्रद्धालुहरूले भने, यात्रा फेरि शुरू भएकोमा उनीहरू खुशी छन्।
असमबाट आएका तिर्थयात्री त्रिभवन डेकाले भने, लामो समयपछि यात्रा शुरू भएकोमा हामी हर्षित छौं। हामी माताको चरणमा श्रद्धासुमन अर्पण गर्न चाहन्थ्यौं, तर यहाँको परिस्थितिले हामीलाई एक हप्ताभन्दा अधिक समयसम्म यात्रा स्थगित रहेको कारणले बस्नु पऱ्यो। अब पञ्जीकरण पुनः शुरू भएपछि हामी माताको दर्शन गर्न र आशीर्वाद ग्रहण गर्न पाउने कुरामा पूर्ण विश्वस्त छौं। सात सदस्यीय समूहसित आएका डेकाले अझ भने, हामी मातासित प्रार्थना गर्दछौं कि उनले आफ्ना सबै भक्तहरूको यात्रालाई सुरक्षित तथा सुचारू राखुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा